Websoft University

राज्यले गर्ने धेरै काम गैरसरकारी संस्थाहरुले गरिरहेका छन् ः मेयर कोइराला


विराटनगर  | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राज्यले गर्ने धेरै कामहरु गैरसरकारी संघसंस्थाहरुले गरिरहेको बताउनु भएको छ ।

३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले राज्य संयन्त्र नपुगेको ठाउँमा पुगेर गैरसरकारी संस्थाहरुले काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले अभिभावकविहीन बालबालिकाको संरक्षणसहित असल नागरिक बनाउन एसओएसको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले पवित्र उद्देश्य राखेर काम गरिरहेका संस्थाहरुलाई तीनै तहको सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । मेयर कोइरालाले एसओएसलाई महानगरका तर्फबाट गर्ने सबै किसिमको सहयोग गर्न तयार रहेको प्रस्ट पार्नुभयो । कार्यक्रममा उहाँले एसओएस युवालयमा लामो समयदेखि कार्य गर्दै आएका कर्मचारी रमेशमान ब्रजाचार्य, रोशन मण्डल, गोपी कोइराला र चनकबहादुर न्यौपानेलाई सम्मान गर्नुभयो । त्यस्तै दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत फुटबल, भलिबल, दौड, फुटसल, कबड्डी, व्याडमिन्टनलगायतका प्रतियोगिताका विजयीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

नेपालमा सन् १९७२ मा स्थापित एसओएसअन्तर्गत विराटनगरस्थित युवालयको संरक्षणमा रहेका ३३७ जना पुनस्थापित भइसकेको युवालयकी प्रमुख प्रनिता बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार हाल ११९ जना हाल एसओएस युवालयको संरक्षणमा छन् । कार्यक्रममा वडा नम्बर १३ अध्यक्ष सूर्यलाल यादव, युवालयकी अनुशा गिरी, अर्जुन अर्याल, एसओएस बालग्राम इटहरीका प्रमुख देवचन्द्र चौधरीलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत र नृत्य प्रस्तुत गरेका थिए ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.