Websoft University

असार १० गते भित्र मुलुक भरका पालिकाले वजेट विनियोजन गर्नु पर्ने

 


दमक असार १० झापाको दमक ,गौरादह,मेचीनगर नगर पालिका र कमल गाउँपालिका लगायतले आर्थिक वर्ष ०८०÷०८१ को निति तथा वजेट ल्याएका छन् । असार १० गते भित्र मुलुक भरका पालिकाले वजेट विनियोजन गर्नु पर्ने वाध्यकारी नियम अनुसार पालिकाहरुले आर्थिक वर्ष ०८०÷०८१ को वजेट ल्याएका हुन् । झापाको दमक नगरपालिकाले पनि आज आयोजना गरेको नगर सभामा १ अर्व ८४ करोड १२ लाख ३९ हजारको आर्थिक वर्ष ०८०÷०८१को लागि वजेट प्रस्ताव गरेको छ ।

दमक नगरपालिकाको १३ औं नगर सभामा आर्थिक वर्ष ०८०÷०८१को१ अर्व ८४ करोड १२ लाख ३९ हजारको बजेट प्रस्ताव गरिएको हो । जस मध्ये चालु खर्चका तर्फ १अर्व १ करोड९४ लाख ९७ हजार र पुँजीगत तर्फ ८२ करोड १७ लाख ४२ हजार रकम विनियोजन गरिएको बजेट तर्जुमा समिति संयोजक तथा नगर उपप्रमुख रेगिना भटराई प्रसाईले नगर सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै जानकारी दिनु भयो ।

 नगरवासीको घरवाट उत्पादन हुने फोहोर मैलालाई वर्गीकरण गरी फोहोर संकलनलाई थप प्रभावकारी बनाउदै त्यसको दायरा बनाउन नेक्स्ट इरा कम्पनी दमकसंग सहकार्य गरेर निरन्तरता दिने नीति कार्यक्रम प्रस्तुत गरेको छ । स्वच्छ ,सफा,उज्यालो शहर बनाउन सडक बत्ती जडान,मर्मतका लागि वडा सरकार र सम्वन्धि टोल बिकास संस्थासंग सहकार्य गर्ने नगर उपप्रमुख भटराईले प्रस्तुत निति कार्यक्रममा उल्लेख छ ।

नगर प्रमुख राम थापाको अध्यक्षतामा भएको नगर सभामा शिक्षा स्वास्थ्य,पूर्वाधार,सहकारी,पर्यटन,कृषि, युवा तथा खेलकुद लगायतका क्षेत्रलाई प्राथमिकता दिएर आर्थिक वर्ष०८०÷०८१ को वजेट प्रस्तुत गरेको नगरपालिकाको प्रवक्ता तथ दमक ८का वडा अध्यक्ष दिपेश दाहाल( धर्म प्रसाद)ले जानकारी दिएका छन् । नगरसभाको बैठक असार २० गते बस्ने तय भएको बुझीएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.