Websoft University

तीजलाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा मेयर कोइरालाको जोड


विराटनगर ÷ नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै महानगरका मेयर नागेश कोइरालाले तीजलाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुको रमाइलोका लागि महानगरले कार्यक्रम आयोजना गरेको बताउनुभयो । मेयर कोइरालाले महानगरका जनप्रतिनिधि र कर्मचारी एउटै परिवार भएकाले जनताको सेवामा इमान्दारीपूर्वक लाग्नु जरुरी रहेको उल्लेख गर्नुभयो । जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्रै विराटनगर बनाउन सकिने उहाँको भनाइ थियो । “हामी जनप्रतिनिधि एक्लैले महानगर बनाउन सकिँदैन,” उहाँले भन्नुभयो, “हामीले नीति नियम बनाउने हो त्यसको कार्यान्वयन गर्ने र जनतालाई प्रत्यक्ष सेवा दिने त तपाईंहरु हो । त्यसैले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य, एकता र समन्वय भए मात्रै जनताले सहज रुपमा सेवा प्राप्त गर्नुका साथै विराटनगरको विकास हुन्छ ।”

त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले महानगरले महिला कर्मचारीहरुको अभिभावकत्व ग्रहण गरेर दर खाने कार्यक्रम आयोजना गरेको प्रस्ट पार्नुभयो । उहाँले वर्ष दिनभरिका सबै पीडालाई भुलेर रमाइलो गर्न आग्रह पनि गर्नुभयो । कार्यक्रममा कानुन शाखाकी प्रमुख शारदा थपलिया, सामाजिक शाखाकी प्रमुख अनिता कोइरालालगायतले कार्यक्रमका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा दर खाएर एकआपसमा शुभकामना आदानप्रदान गर्नुका साथै तीजका विभिन्न गीतमा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.