Websoft University

कोइराला निवासमा विपी जयन्तीका अवसरमा कविगोष्ठी


विराटनगर ÷ साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा नेपाली लेखक संघ मोरङले कवि गोष्ठी आयोजना गरेको छ ।

संघले राणा शासनविरुद्ध आन्दोलनको विगुल फुक्ने कोइराला निवासमा कविगोष्ठी आयोजना गरेको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वीपीको साहित्यिक योगदानको चर्चासमेत गरियो । कार्यक्रममा मेयर कोइरालाले वीपीलाई जन्मजयन्ती र स्मृति दिवसमा मात्रै होइन हरेक दिन सम्झिनुपर्नेमा जोड दिनुभयो । वीपीको विचार र सिद्धान्तअनुसार नेपालको राजनीति अघि नबढेकै कारण मुलुक समृद्धि नभएको विचार व्यक्त गर्नुभयो । साहित्य र राजनीति दुवै क्षेत्रमा वीपीको योगदान उच्च रहेको उहाँको भनाइ थियो ।

लेखक संघ मोरङका अध्यक्ष दिङ्लाली कान्छोको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा, प्राज्ञ विवश पोखरेल, गंगा सुवेदी, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंलगायतले वीपी कोइरालाको बहुआयामिक व्यक्तित्वका विषयमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा विराटनगरसहित इटहरी, दुहबी, झोराहाट, दर्वेशालगायतका स्थानबाट उपस्थित कविहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रम लेखक संघ मोरङी सचिव शुभलक्ष्मी लम्सालले सञ्चालन गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.