Websoft University

आफ्नो धर्म, संस्कृति र परम्परालाई बचाइराख्न मेयरको आग्रह


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाषा, कला र संस्कृतिमा विराटनगर धनी रहेको बताउनुभएको छ ।

हलुलाई समाज कल्याण सेवा समिति केन्द्रीय कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर सानो भूगोलभित्र विभिन्न जातजाति, भाषा, धर्म र सम्प्रदायको बसोबास रहेको बताउनुभयो । सबै जातजाति र सम्प्रदाको बेग्लाबेग्लै भाषा, संस्कृति र रहनसहन हुनुले विराटनगर सांस्कृतिक रुपमा धनी सहर भएको उहाँको भनाइ थियो ।

अनेकतामा एकता भएकै कारण सामाजिक रुपमा विराटनगरको विशिष्ट स्थान रहेको मेयर कोइरालाले बताउनुभयो । आधुनिकताको विकाससँगै धेरै जातजातिको भाषा र संस्कृति लोप हुँदै गएकोमा उहाँले चिन्तासमेत व्यक्त गर्नुभयो । मेयर कोइरालाले आफ्नो धर्म, संस्कृति र परम्परालाई बचाइराख्न सबैलाई आग्रसमेत गर्नुभयो । आफ्नो संस्कृतिको संरक्षणमा हलुवाई समाज लागिपरेकोमा उहाँले प्रशंसासमेत गर्नुभयो । कार्यक्रममा हलुवाई समाजका अग्रजहरुलाई सम्मानसमेत गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.