Websoft University

सीप छैन भने चारवटा विषयमा डिग्री गरे पनि केही हुन्न - मेयर कोइराला


विराटनगर - विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालयस्तरदेखि नै व्यवहारिक र सीपमूलक शिक्षा नदिएकै कारण बेरोजगारी समस्या बढ्दै गएको बताउनु भएको छ ।

प्याब्सन मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सैद्धान्तिक  र व्यवहारिक शिक्षालाई सँगसँगै अगाडि बढाएमात्रै उत्पादित जनशक्तिले रोजगारी प्राप्त गर्ने दाबी गर्नुभयो । उहाँले चारवटा विषयमा डिग्री हासिल गरे पनि सीप छैन भने रोजगारी पाउने अवस्था नरहेको प्रस्ट पार्नुभयो । “अंग्रेजी, नेपाली, वाणिज्य, राजनैतिक सबै विषयमा डिग्रीको सटिर्फिकेट छ तर उसमा सीप छैन भने सटिर्फिकेटका आधारमा जागिर पाउने अवस्था छैन अहिले,” उहाँले थप्नुभयो, “डिग्री आफ्नै ठाउँमा छ तर त्यो भन्दा महत्वपूर्ण व्यवहारिक र सीपमूलक शिक्षा आजको आवश्यकता हो । नेपालमा मात्रै होइन विदेश जाँदा पनि राम्रो सीप सिकेर गएको छ भने राम्रै पैसा कमाउने अवस्था छ नत्र भने सामान्य काम मात्रै पाइन्छ र त्यसबापत प्राप्त हुने पैसा पनि कमै हुन्छ ।”

घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्नेको आग्रह थियो । विद्यालय तहदेखि नै व्यवहारिक शिक्षामा जोड दिएमा उत्पादित जनशक्ति देश–विदेशको श्रमबजारमा बिक्न सक्ने मेयरको भनाइ थियो । हरेक वर्ष नेपाली श्रमबजारमा ५ लाखभन्दा बढी जनशक्ति आउने गरेको बताउँदै त्यसमध्ये थोरैले मात्रै स्वदेशमा रोजगारीपाउनेगरेको उहाँले सुनाउनुभयो ।

त्यस्तै अध्ययनका लागि विदेश जानु नपर्ने गरी विराटनगरमा गुणस्तरीय शैक्षिक संस्थाहरु खुलेको बताउँदै मेयर कोइरालाले भन्नुभयो, “तर अझै पनि विदेश जाने प्रवृत्ति रोकिएको छैन । झनै बढेर गएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा अध्ययनकै लागि नेपालीले १ खर्ब ४२ अर्ब रुपैयाँ विदेश पठाएका छन् । जसले गर्दा नेपाली मुद्रा विदेशिएको छ ।”

निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले विद्यार्थीको प्रतिस्पर्धी क्षमता बढाउन विभिन्न अतिरिक्त क्रियाकलाप गर्ने गरेको भन्दै उहाँले प्रशंसासमेत गर्नुभयो । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने महानगरको जारी अभियानलाई साथ दिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रयमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, कोशी प्रदेश अध्यक्ष टीकाराम ढकाल, मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल, सचिव जगत बस्नेत, अभिभावक संघ कोशी प्रदेश अध्यक्ष देवी पन्थीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा मोरङका ४० वटा विद्यालयको सहभागिता रहेको कार्यक्रममा संयोजक भक्तराज सुब्बाले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.