Websoft University

सामुदायिक विद्यालयको प्रतिस्पर्धी क्षमतासँगै गुणस्तर वृद्धि गर्नु आवश्यक छ - मेयर कोइराला


विराटनगर÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको प्रतिस्पर्धी क्षमता र गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विराटनगरस्थित गोग्राहा माविले आयोजना गरेको सम्मान, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले अध्ययन र अतिरिक्त क्रियाकलापको प्रतिस्पर्धी क्षमता वृद्धिसँगैगुणस्तरमा समेतसुधार ल्याउन आवश्यकरहेको उल्लेख गर्नुभयो । उहाँले राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरे पनि प्रतिफल अझै प्राप्त हुन नसकेको जिकिर गर्नुभयो ।

उहाँले विद्यार्थीमा व्यवहारिक, सीपमूलक र नैतिक शिक्षाको जरुरी रहेको बताउनुभयो । सामुदायिक विद्यालयहरुबीच नै गुणस्तरमा प्रतिस्पर्धा हुनुपर्नेमा उहाँको भनाइ थियो । पछिल्लो समय केही सामुदायिक विद्यालयको गुणस्तर वृद्धि भएकै कारण अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको बताउँदै उहाँले भन्नुभयो, “सबै सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउनुपर्छ । अनि मात्रै हामीले उत्पादन गरेका जनशक्ति विश्वको श्रमबजारमा सहजै बिक्री हुन सक्छन् । त्यसका लागि विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षा दिनुपर्छ ।” मेयर कोइरालाले सामुदायिक र निजी विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर समान हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मेयर कोइरालाले विद्यालयबाट अवकाश प्राप्त गरी विदाई भएका शिक्षकहरु विष्णु भुजेल, श्याम गजुरेल, शंकरप्रसाद दाहाल र डिल्लीप्रसाद कोइरालालाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.