Websoft University

कार्यबाहक मेयर साहको नेतृत्वमा फुटपाथ नियन्त्रण अभियान


विराटनगर | बजारको सौन्दर्यकरणसहित फुटपाथ नियन्त्रण गर्ने अभियानमा विराटनगर महानगरपालिका आक्रमक रुपमा प्रस्तुत भएको  छ ।

व्यापारीले महानगरमै पुगेर विरोध गर्नुका साथै फुटपाथ नियन्त्रण गर्न पुगेको टोलीलाई अवरोध गर्न थालेपछि महानगर आक्रमक रुपमा प्रस्तुत भएको हो । कार्यबाहक मेयर प्रकाश साहको नेतृत्वमा सोमबार मेनरोड र पुरानो गुद्रीको अनुगमन गरेको छ । व्यापारीहरुले सोमबार महानगरको प्रवेशद्वारमा पुगेर नाराबाजीसमेत गरेका थिए । महानगरले फुटपाथ नियन्त्रण गर्ने क्रममा नालाबाट साढे ६ मिटर छाडेर मात्रै सामान राख्न आग्रह गरेको छ । त्यस्तै सटरभन्दा माथि बाहिर निकालेर बनाएका टिनका संरचनासमेत हटाउन महानगरले दिर्नेशन दिएको छ ।

फुटपाथ नियन्त्रण र सटरभन्दा बाहिर जथाभावी राखेका सामान हटाउन कार्यबाहक मेयर साहको नेतृत्वमा नगर प्रहरी निरीक्षक राजन पौडेल, घरनक्सा शाखाका प्रमुख राकेश ठाकुर, नगर प्रहरी, जनपद प्रहरी मेनरोड र गुद्री बजार पुगेको थियो । महानगरको टोली पुगेपछि कतिपय व्यापारीले हतारहतार सामान भित्र राखेका थिए । पहिलो पटकलाई सम्झाइबुझाइ छाडिएको र अब फेरि पनि सटरभन्दा बाहिर राखे सामान नै जफथ गरिने कार्यबाहक मेयर साहले बताए ।

विराटनगरलाई सुन्दर, हराभरा र व्यवस्थित बनाउन व्यापारीहरुको सहयोग आवश्यक रहेको साहको भनाइ थियो । टोलीले मेनरोड र गुद्री लाइनका दुवैतर्फ राखेका सामान हटाएको थियो । महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्युनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो । सार्वजनिक सूचना प्रकाशित गर्नुका साथै माइकिङ समेत गरेको थियो । व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो । व्यापारीले प्रदर्शनका लागि सटरभन्दा बाहिर राखेको सामानलाई समेत हटाउन थालेको छ । जथाभावी सामान झुण्ड्याउँदा सहरको सौन्दर्यतामा समेत ह्रास आएकाले फुटपाथ नियन्त्रण र मापदण्डविपरीत राखेका सामान हटाउन सुरु गरिएको कार्यबाहक मेयर साहले बताए । हेर्न लायक र गर्व गर्न लायक विराटनगर बनाउने लक्ष्यका साथ काम गरिरहेको उनको भनाइ छ ।

अनुगमनका क्रममाकतिपय व्यापारीले आफ्नो पसल अगाडि दैनिक ३ देखि ५ सय रुपैयाँसम्म लिएर तरकारी राख्न दिने गरेको पाइएको थियो । पसल अगाडिको सडक पेटीमा तरकारी राख्दा आवतजावतमा समेत समस्या हुने गरेको छ । तरकारी व्यापारीले आफूले दैनिक ३ सय दिने गरेको बताएका थिए । व्यापारीले समेत दैनिक पाँच सय रुपैयाँ लिने गरेको स्वीकारेका थिए ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.