Websoft University

भलिबल प्रतियोगितामा एनईएससीले सहभागिता जनाउने


काठमाडौं । अष्ट्रिया÷ फिनल्याण्डमा हुने युरोपियन भलिबल टुर्नामेन्टमा नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले सहभागिता जनाउने भएको छ ।

हिमालयन स्पोर्टस क्लब फिनल्याण्डको आयोजनामा आगामी जनवरी ८ तारिखमा हुने टुर्नामेन्टमा संघले सहभागिता जनाउने निर्णय गरेको संघका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । संघबाट खेम विश्वकर्माको कप्तानीमा दिलकुमार घमाल, रोहित विश्वकर्मा, प्रेम रसैली, गर टेम्बा शेर्पा, अमृत तिवारी, अञ्जन अधिकारी, राजु विश्वकर्माले सहभागिता जनाउने निश्चित भएको छ ।

त्यसैगरी संघका खेलकुद सल्लाहकारसमेत रहेका आङकाजी शेर्पा, किरण भण्डारी, रावत विजय पल, प्रेम खड्का, हरि घमालले पनि प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष घमालले बताए । टिम म्यानेजरका रुपमा पासाङ शेर्पा रहनेछन् ।

“हामी उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदैछौं,” अध्यक्ष घमालले भने, “उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछौं । यो प्रतियोगिताले युरोपमा रहेका नेपालीहरुलाई भावनात्मक रुपमा जोड्ने मैले महसुस गरेको छु ।”

यसअघि नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले गत वर्ष भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.