Websoft University

नारी दिवस नारा र प्ले कार्डमा सिमित हुन नहुने नगरप्रमुख तामाङ


मोहन कुमार राई ÷ फाल्गुण २५ गते | रातो तारा डट कम,संखुवासभा, देशैभर नारी दिवस मनाइरहँदा सबै नारी समानताको हकबाट समेटिन नसकेकोले महिलाको पहुँच विस्तार गर्नु आवश्यक रहेको जनाएका छन् ।

“लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मूल नाराका साथ ११३ औंं अन्तराष्ट्रिय नारी दिवस चैनपुर नगरपालिकाका वडास्तरमा विविध कार्यक्रमका साथ मनाइएको थियो । सिद्धकाली महिला सशक्तिकरण समिति चैनपुर द्वारा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि एवं चैनपुुर नगरपालिका नगर प्रमुख कृष्ण कुमार तामाङले कार्यक्रमको उद्घाटन गर्ने क्रममा नारी दिवस नारा र प्ले कार्डमा मात्र सिमित नरहन निर्देशन दिनुभयो । जसका लागि शिक्षा, स्वास्थ्य, उद्यमसिलतामा अघि बढ्न जरुरी रहेको नगरप्रमुख तामाङले वताउनुभयो  । एउटा स्वस्थ्य नारी शिक्षामा अघि बढ्न सक्छ,। शिक्षित नारी आफ्नो क्षमता विकासमा अघि वढ्दै उद्यमसिल, सामाजिक, राजनैतीक, हरेक क्षेत्रमा अघि बढ्न सक्छ ।

कार्यक्रममा नृत्य प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । विभिन्न १० वटा नृत्यटोली समावेस भएको उक्त प्रतियोगितामा प्रथम तीखिढुंगा ४ नं. टोल, दोस्रो चित्लाङ्ग ९ नं. टोल र तेस्रो माथिल्लो मयम ४ नं.टोल भएको थियो । सफल नृत्य टोलिलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम सञ्चालिका नमिता काफ्लले वताउनुभयो । कार्यक्रममा महिला जनप्रतिनिधहरुलाई प्रसंसित गरिएको थियो । पूर्व कार्यपालिका सदस्य लक्ष्मी माया अधिकारीलाई समेत प्रसंसित गरिएको थियो

कार्यक्रममा चैनपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण प्रसाद ढकाल, चैनपुर आयुर्वेद औषधालयका प्रमुख कविराज निरीक्षक दिनेश प्रसाद राय चैनपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बलबहादुर अधिकारी सशक्तिकरण समितिका अध्यक्ष  हेम कुमारी चौहान, सदस्य चन्द्रकला गौतम लागयतले शुभकामना मन्तव्य दिएका थिए । 

मन्तव्का क्रममा महिला सशक्तिकरणका विषयमा आवाज उठाएका थिए । नारी दिवस पर्वका रुपमा मनाइए पनि नारी सम्मान र अधिकारका लागि समूह, सार्वजनिक स्थल, कुनै चौर ग्राउण्डमा मात्र सिमित गरिनु हुँदैन ।

 यसको  अन्त्यको लागि नारीले आफ्नो घरबाट नै शुरु गरिनु पर्छ । घरमा गरिने छोरा र छोरी वीच आमाले गरिने व्यवहार, छोरी र बुहारीप्रति हेरिने दृष्टीकोण लगायत शिक्षा,स्वास्थ्य, सामाजिक व्यवहारमा समेत परिवर्तन गर्न सके नारी दिवसले सार्थकता पाउने वताएका थिए । । जिल्ला भर स्थानीय तह चैनपुर, खाँदवारी, मादी, पाँचखपन लगायत १० वटै पालिकामा  विभिन्न कार्यक्रमको आयोजना गरेर बुधबार उत्सवको रुपमा नारी दिवस मनाएका थिए ।

महिलाको क्षमता विकास सँगै महिलामा हुन सक्ने पाठेघर÷स्तन क्यान्स, निसन्तान लागायत जटिल स्वास्थ्य समस्या,  विदेशमा अलपत्र नेपाली श्रमीक महिला, हिंसा पिडित महिला, समान ज्याला निजी क्षेत्रमा समावेश महिलाहरुका लागि राज्य पक्षले समेत ध्यान पु¥याउन जरुरी देखिन्छ ।

सन १९०८ मा अमेरिकाको न्युयोर्क सिटिमा लाखौ महिलाहरुले समान कामको समान ज्याला,राम्रो तलव, महिलालाई मतदान गर्ने अधिकार, निर्णायक तहमा महिलाको भूमिका लगात विभिन्न हक अधिकार सुनिस्चितताको लागि प्रर्दशन गरी शुरु गरिएको त्यसै कार्यलाई निरन्तरता दिँदै हरेक वर्ष मार्च ८ का दिन विश्वव्यापी रुपमा ¥याली, सभा समारोह गरी मनाउँदै आएको हो ।

 

 

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.