Websoft University

खेल क्षेत्रको विकासका लागि महानगर गम्भीर छ ः मेयर कोइराला


विराटनगर | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबै खेलको विकासका लागि महानगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनु भएको छ ।

उहाँले खेलकुदका माध्यमबाट शारीरिक स्वास्थ्यसँगै मानिसलाई अनुशासित हुन सिकाउने बताउनुभयो । नेपाल क्रिकेट फाउण्डेशनले आयोजना गरेको क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदका क्षेत्रमा पनि विराटनगरले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको चर्चा गर्नुभयो । उहाँले खेलकुदका माध्यमबाट विराटनगरको पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सकिने उल्लेख गर्नुभयो । विराटनगर–६ स्थित रामपुर पश्चिममा लिजमा लिएर बनाइएको मैदानमा आजदेखि महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।


प्रतियोगितामा मोरङ, सप्तरी, सिरहा र एमसीसी–११ को सहभागिता रहेको आयोजक संस्था नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिशेक श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । यस्तै सोही अवसरमा आजैदेखि सञ्चालनमा ल्याइएको क्रिकेट मैदानको मेयर कोइरालाले उद्घाटन गर्नुभयो ।

साढे ५ बिघा क्षेत्रफलमा खेल मैदान फैलिएको छ । १० वर्षका लागि खेलकुद प्रयोजनका लागि सो जग्गा लिजमा लिइएको श्रेष्ठले बताउनुभयो । त्यस्तै महिलातर्फको अण्डर नाइन्टिन राष्ट्रिय खेलाडी सानु राजवंशी र पुरुषतर्फका दीपक कँडेललाई सम्मान गरिएको थियो । उनीहरूलाई मेयर कोइरालाले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.