Websoft University

मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालकहरू पक्राउ


बिराटनगर |  २०८० मंसिर २८ गते रातको समयमा प्र।१-०२-००२ च ४६८४ नम्बरको एम्बुलेन्स चालक सुनसरी जिल्ला दुहवी ४ बस्ने बर्ष २८ को सुनिल राजबंशीले मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएको र निजलाई नियन्त्रणमा लिने क्रममा अभद्र ब्यवहार समेत गरेको हुँदा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र ब्यवहार कसूरमा दिन ७ (सात) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको छ ।

मंसिर ५ गते रातको समयमा को १ च ४१५८ नम्बरको एम्बुलेन्स चालक मोरङ जिल्ला रतुवामाई नगरपालिका ५ बस्ने बर्ष २९ को सफल मुर्मु सतारले मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाई को २५ प २३६८ नम्बरको स्कुटरलाई ठक्कर दिनुका साथै अन्य मोटरसाईकल र पसलको सटरमा समेत क्षति पुर्‍याएको कसूरमा पक्राउ गरी अभद्र ब्यवहार कसूर अन्तर्गत अनुसन्धान पश्चात जिल्ला प्रशासन कार्यालय मोरङबाट रू १०,०००।(दशहजार) धरौटी माग भएको छ ।

​​एम्बुलेन्स जस्तो संवेदनशील सेवामा समेत मादक पदार्थ एवं लागु पदार्थ सेवन गरी सवारी चलाई विरामी र सडक प्रयोगकर्ताहरूलाई जोखिम पुर्‍याउने प्रवृति देखिएकोले सो लाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले शुन्य सहनशिलताको नीति अख्तियार गर्दै कानूनको दायरामा ल्याउने अभियान संचालन गरेको छ ।      

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.