Websoft University

मिल्स गोल्डकप - साबिक बिजेता प्रतिभा फाइनलमा पुगे


विराटनगर   ।  साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिरहा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
 

विराटनगर जुट मिल्सको खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई २–० गोलले निराश बनाउँदै सिरहा फाइनलमा पुगेको हो । 
 
जितसँगै सिरहाले शनिबार हुने फाइनलमा धु्रवतारा स्पोर्टिङ्ग क्लब झापासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । सिरहालाई फाइनल पु¥याउन अब्दुला, बिनु आलेमगर र सिद्धान्त लामालेगोलगरेका थिए । 
 
निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पहिलोहाफसम्म गोलरहित खेल बराबरी भयो । खेल सुरू भएको १५ औं मिनेटमा सिरहाका अब्दुलाले डिबक्सभित्रको वानटच वल बाहिरियो । गाईघाटका दिपक मगरले २५ यार्डनजिकबाट ३९ औं मिनेटमा गरेको प्रहार बाहिरदा सेमिफाइनबाट घर फर्किनुप¥यो ।

दोस्रो हाफदेखि सिरहाले आक्रमक खेल पस्कियो । ४४ औं मिनेटमा सिरहाका विदेशी खेलाडी अब्दुलाले गोल गरी टिमलाई अग्रता दिलाए । सिद्धान्त लामाले डिबक्सभित्रबाट निकालिदिएको पास अब्दुलाले गोलमा परिणत गरेका थिए ।  
६२ औं मिनेटमा बिनु आलामगरले उत्कृष्ट फिनिसिङ गरे । उनले बल नियन्त्रण गर्ने क्रममै गाईघाट निमछिरिङ्ग शेर्पालाई पन्छाएपछि आकर्षक गोल गरी अग्रता दोब्बर बनाएका  थिए । ६४ औं मिनेटमा अब्दुलाले पाएको तेब्बर गर्ने अवसर भने उपयोग गर्न सकेनन् । उनले सिद्धान्तको क्रसमा गरेको हेडरमा उदयपुरका किपर शेर्पाले  उत्कृष्ट बचाउ गरे ।

खेलको ७४ औं मिनेटमा सिद्धान्त लामाले गोल गरी ३–० ले टिमको जित सुनिश्चत गरे । बिनु आलेमगगरले डिबक्सभित्रबाट निकालिदिएको क्रस पासलाई सिद्धान्तले गोलमा परिणत गरेका थिए । 

खेलको अन्त्यतिर राम्रो प्रदर्शन गरे पनि गाईघाटले गोल गर्न सकेन । दिपक मगरको फ्रिकिकमा ७५ औं मिनेटमा पोस्टनजिक दिपकले  बल छुन सकेको भए सान्तवना गोल फर्काउने थिए । त्यसअघि सिरहाका अब्दुलले अग्रता बढाउने मौका गुमाइसकेका थिए । गाइघाटका दिपक मगरले ७२ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरैबाट हानेको बलमा भने सिराहाका गोलकिपर निश्चल मोक्ताङ्गले राम्रो बचाउ गरेका थिए ।

पछि परेको गाइघाटले खेलमा फर्किन अनेकौं प्रसास गर्दा ७९ औं मिनेटमा दिपकले गरेको प्रहार बाहिरियो । दिपकले यसअघि बारम्बार पाएको गोल गर्ने अवसर चुकाएका थिए । खेलको म्यान अफ द म्याच सिरहाका बिनु आले मगर घोषित भएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.