Websoft University

प्रतिबन्धित लागु औषध र नक्कली नोट सहित २ जना पक्राउ


झापा, चैत्र २ गते । रातो तारा डट कम, झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर र नक्कली नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका बिशेष सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ का सुवास ताजपुरियाको घर कोठा खानतलासी गर्दा  ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, नाईट्राजेपान २८ ट्यावलेट र नक्कली नेपाली नोट हजार रुपैयाको ८८ थान, पाँच सयको २ थान, अष्ट्रेलियन नोट एक सयको ३ थान, अन्य देशहरुको नोट ११ थान, सक्कली नेपाली रुपैया ३ हजार र मे.५ प.९७९७ नम्वरको मोटरसाईकल बरामद भए सगै २४ बर्षीय सुवास ताजपुरिया र उनको भाई १९ बर्षीय प्रविण ताजपुरीयालाई पक्राउ गरिएको हो । लागुऔषध ब्राउन सुगर र नक्कली नोट सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.