Websoft University

प्रतिविम्बमा खाली मन्दिर’ ग्रन्थको विमोचन


विराटनगर | विराटनगरस्थित काली मन्दिरको इतिहास समेटिएको ग्रन्थ विमोचन गरिएको छ ।

काली मन्दिर व्यवस्थापन समितिले आज आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ‘प्रतिविम्बमा खाली मन्दिर’ नामक ग्रन्थको विमोचन गरे । विमोचित ग्रन्थका विषयमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी र प्राध्यापक तथा समालोचक भूषण ढुंगेलले समीक्षा गरेका थिए । विमोचन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सबै क्षेत्रको समुचित विकासले मात्रै समग्र विराटनगरको विकास हुने धारणा राखे ।

उनले भाषा, साहित्य, धर्म, संस्कृति र कलाको विकासले मात्रै समाजको दिगोको विकास हुने उल्लेख गरे । विराटनगरभित्र रहेका सबै धर्म र समुदायको संरक्षणमा महानगर गम्भीर रहेको मेयर कोइरालाको भनाइ थियो । सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा. मीनाक्षी नेपाललगायतले मन्तव्य व्यक्त गरेका थिए । ग्रन्थमा मन्दिर स्थापनादेखि हालसम्मको अवस्था समेटिएको छ ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.