Websoft University

कोरोना रोकथाम र समस्या समाधानका लागि लेटाङ–९ मा १८ सदस्यीय समन्वय समिति निर्माण


शिव भट्टराई,मोरङ चैत १४ गते । रातो तारा डट कम,जाँते, मोरङको लेटाङ नगरपालिका ९ नम्बर वडा कार्यालयले कोरानो भाइरस नियन्त्रणका साथै लकडाउनको अवस्थामा आउन सक्ने समस्या समाधानका लागि १८ सदस्यीय सर्बदलिय समन्वय समिति गठन गरेको छ । 

शुक्रबार वडा कार्यालयमा बसेको सर्वदलीय बैठकले वडाध्यक्ष कृष्णप्रसाद लुईटेलको संयोजकत्वमा समन्वय समिति गठन गरेको हो । समितिले कोरोना भाइरसको संक्रमण भएका मुलुकबाट वडामा आएकाहरुको पहिचान, निगरानी र आवश्यक परे क्वारेन्टाइनमा पठाउने, कसैलाई कोरोना भाईरस सम्बन्धि लक्षण देखा परेमा तत्काल उद्घार गर्ने, लकडाउनको अवस्थामा विपन्न परिवारमा खाद्यान्नको समस्या भएर तत्कल समाधान गर्ने तथा वडा क्षेत्रमा लकडाउनको अवस्थामा देखापर्ने समस्या समाधानका लागि सहजिकरण गर्ने वडाध्यक्ष कृष्ण लुईटेलले जानकारी दिनुभयो । 

वडामा रहेका ७ वटा टोलबाट १÷१ जना, वडाका जनप्रतिनिधि, पार्टी प्रतिनिधि, शिक्षक र प्रहरीबाट गरि १८ जनाको समन्वय समिति गठन गरिएको र हरेक टोलका प्रतिनिधिले टोलको अवस्था बारे जानकारी गराउने गरि व्यवस्था गरिएको समिति सदस्य तथा नेकपाका प्रतिनिधि सोमनाथ निरौलाले जानकारी दिनुभयो । कुनै समस्या परेमा वडाको सम्पर्क नम्बर ९८५२०७५३०९ र अस्थाई प्रहरी चौकी जाँतेको सम्पर्क नम्बर ९८५२०८७००० मा तत्काल खबर गर्न समेत समन्वय समितिले आग्रह गरेको छ । 

यसैबीच अस्थायी प्रहरी चौकी जाँतेका इञ्चार्ज बौद्धराज कार्कीले १५ दिन यता वडामा कोरोना भाइरस संक्रमण भएको मुलुकबाट कोहिपनि नआएको र संक्रमणको लक्षण भएका कुनै पनि ब्यक्ती फेला नपरेको जानकारी दिनुभयो । यसअघि लेटाङ नगरपालिकामा कोरोनाको संक्रमण फैलिन नदिन  प्रबेश नाकामा चेकजाँच गर्ने गरिएको थियो । जसका कराण पनि हालसम्म नगरभरी कसैमा पनि संक्रमणको आशंका गर्नुपर्ने अवस्था नआएको नगर प्रमुख शंकर राईले जानकारी दिनुभयो । 

चिनको वाहुङ शहरबाट माहामारी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाईरस) अहिले विश्वभर फैलिएको छ । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमित व्यक्ति ३ जना फेला परेकामा १ जना उपचार पश्चात घर फर्किसकेका छन् भने अन्य २ जनाको उपचार भइरहेको छ  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.