Websoft University

सशस्त्र प्रहरीद्वारा लकडाउनमा कडाइ, दुलारी चोकमा क्यारेमवोर्ड खेल्ने लखेटिए


शिव भट्टराई,मोरङ चैत  १४ गते । रातो तारा डट कम,सशस्त्र प्रहरी बल हाइवे सुरक्षा पोष्ट सलकपुरले लकडाउनमा कडाइ गरेको छ । कोरोनाको संक्रमणबाट बच्न देशभर लकडाउन भएपनि कतिपय ठाउँमा मनिसहरुले लकडाउन उल्लंघन गरिरहेको बेला मोरङको सुन्दरहरैंचा क्षेत्रमा कडा चेकजाँच गर्न थालिएको छ । 

मानिसहरु अत्यावश्यक काम बाहेक समेत घर बाहिर निस्कन थालेकाले संक्रमण फैलिने डर बढेको भन्दै सशस्त्र प्रहरी बल हाइवे सुरक्षा पोष्ट सलकपुरले आफ्नो क्षेत्र भित्रका विभन्न ठाउँमा टोली परिचालन गरि चेकजाँचमा कडाइ गरेको हो ।

सुरक्षा पोष्ट सलकपुरले राजमार्गमा कुद्ने सवारी साधानलाई रोकेर चेकजाँच गरि अत्यावश्यक काम बाहेक नहिंड्न भनेर सम्झाउने समेत गरेको पोष्टका इञ्चार्ज विदुर भट्टराईले जानकारी दिनभुयो । चेकजाँच बढाएसँगै अघिल्लो दिनको तुलनामा बाहिर निस्कीएर हिंड्ने मानिसहरुको संख्यामा कमि आएको उहाँले बताउनुभयो ।

साथै खाद्यान्न सामान खरिद गर्ने क्रममा समेत किराना पसलहरुमा अनावश्यक भिडभाड नगरि दिन आग्रह गर्नुका साथै २ मिटरको दुरी कायम गरेर मात्र विक्रि वितरण गर्न सुझाव दिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच सशस्त्र प्रहरी बल हाइवे सुरक्षा पोष्ट सलकपुरले सुन्दरहरैंचा–४ स्थित दुलारी चौकमा भेला भएर क्यारेम बोर्ड खेलिरहेको एक समुहलाई लखेटेको छ । लकडाउनको समयमा १२,१५ जना भेला भएर क्यारेमवोर्ड खेलिरहेको पाइएकाले क्यारेमबोर्ड नियन्त्रणमा लिएर उनीहरुलाई लखेटिएको भट्टराईले जानकारी दिनुभयो ।

उहाँले नगर क्षेत्रमा लकडाउन उल्लंघनका घटना भए तत्काल खबर गर्न समेत सबैलाई आग्रह गर्नु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.