Websoft University

लकडाउनको पालना नगरी भित्री सडकहरुमा मानिसहरुको आवतजावत क्रम बढेकाले अव प्रहरीले कडाइका साथ कार्यवाही थाल्यो


काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम,कोभिड १९ को सम्भावित जोखिम कम गर्न सरकारले घोषणा गरेको लकडाउन पूर्ण रूपमा कार्यान्वयनमा नआएको भन्दै प्रहरीले जाँचमा कडाइ गरेको छ । लकडाउन घोषणा भएको कुरालाई पनि ख्यालनै नगरी भित्री सडकहरुमा अत्यावश्यकबाहेकका मानिसको आवतजावत नरोकिएपछि प्रहरीले कडाइ गर्ने नीति लिएकोछ । गत मङ्गलबारदेखि एक हप्ताका लागि लकडाउनको घोषणा गरे पनि प्रहरीले सुरुवाती दिनमा सडकमा निस्कनेहरूलाई सम्झाइबुझाई गर्ने गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले लकडाउन अवज्ञा गर्नेविरुद्ध कडा कारबाही सुरु गरेको सीआईएनलाई जानकारी दिनुभयो । विशेष टोली नै परिचालन गरी मुख्य सडक तथा भित्री गल्लीमा समेत निस्केकालाई तत्काल पक्राउ गर्न आदेश दिइएको उहाँले बताउनुभयो । परिसरमातहतका १४ वटै वृत्तको टोली परिचालन गरिएको र हेटक्वार्टरबाटसमेत थप मद्दत मागिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.