Websoft University

उद्योग वाणिज्य संघ सुन्दरदुलारीले दैनिक उपभोग्यवस्तुहरुको अभाव हुन नदिने


शिव भट्टराई,मोरङ चैत  १५ गते । रातो तारा डट कम,कोरोना भाइरस संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा दैनिक उपभोग्य सामानहरुको अभाव नहोस भनेर मोरगंको सुन्दरदुलारी उद्योग वाणिज्य संघले सक्रियता वढाएको छ । 

सुन्दरहरैचा नगरपालिका क्षेत्रमा रहेका उद्योगी व्यवसायीहरुसंग रहेको मौज्दात उपभोग्यवस्तुहरुका विषयमा जानकारी हासिल गर्दै आगामी दिनमा समेत दैनिक उपभोग्यवस्तुहरुको अभाव हुन नदिन सुन्दरदुलारी उद्योग वाणिज्य संघले सक्रियता वढाएको हो । 

उद्योग वाणिज्य संघले सुन्दरहरैंचाका गोठगाउँ , सलकपुर , वाँसवारी , गछिया लगायतका ठाउँमा दैनिक उपभोग्यवस्तुहरु विक्री वितरण गर्दै आएका व्यापारीहरुसंग हालको मौज्दातका विषयमा जानकारी लिदै आगामी केही दिन सम्मलाई पुग्ने अवस्था रहेको व्यापारीहरुले जानकारी दिएको अध्यक्ष किशोर कार्कीले वताए । 

उनले त्यस  पछि पनि अहिलेकै अवस्थामा वस्नु परेको खण्डमा दैनिक उपभोग्य सामानहरुको ठुला व्यवसायी तथा धान कुटाउने मिलहरुसंग समन्वय गरी उद्योग वाणिज्य संघले ढुवानी गरी विक्री वितरणका लागि सहज वनाउने यो अवस्थामा कुनै पनी कालो बजारी गरेको नपाइएको अध्यक्ष कार्कीले जानकारी दिए । 

लकडाउनको कारण प्रभावित वनेका  दैनिक ज्यालादारी गरेर खाँदै आएका गरिव तथा विपन्न परिवारका मानिसहरुलाई पुरै अभावको अवस्था आएमा  सुन्दरहरैचा नगरपालिकासँग समन्वय गरी खाद्यान्न उपलब्ध गराउने  व्यवस्था मिलाउने र यो लकडाउनको अवधी भरको घर भाडामा छुट लगायतका लागी पनी सम्बन्धीत निकाय तथा नेपाल उद्योग वाणिव्य महासंघ संग पहल गर्ने  अध्यक्ष कार्कीले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.