Websoft University

पोखरा महानगरकाले किटनासक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्कने काम सुरु गर्यो


काठमाडौ । रातो तारा डट कम,विश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलान नदिन पोखरा महानगरकाले नगरका विभिन्न ठाउँमा हिजोबाट किटनासक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको छ ।

बिहीबार महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरेको महानगरले हिजो देखि  जिरोकिमीदेखि हल्लनचोक, लेकसाइडहुँदै सहिदचोक सम्मको सडकमा किटनासक औषधी छर्केको हो ।

महानगरले लेकसाइड क्षेत्रमा किटनासक औषधी छर्न दमकल प्रयोग गरिएको थियो । त्यसैगरी हरिचोक,सिम्पानी, ट्याक्सीचोक, क्याम्पसगेट, शिक्षा कार्यालयचोक लगायतका ठाउँमा किटनासक औषधी छरिएको स्वास्थ्य महाशाखाका सिनियर अहेब हरिलाल आचार्यले जानकारी दिए ।

विशेष गरी पोखराका भीडभाड हुने स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा किटनासक औषधी छरिएको महानगरपालिकाले जनाएको छ । बिहीबार पोखराको चिप्लेढुंगा क्षेत्रमा पनि औषधी छरेको थियो ।

महानगरका प्रमुख मानबहादुर जिसीले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, चौताराहरु लगायत सडकका असिलो र घाम नलाग्ने ठाउँहरुमा किटनासक औषधी छरिने बताए । मेयर जिसीले सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरबासीलाई अनुरोध समेत गरेका छन् ।

कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन महानगरले थालेको कोरोना रोकथाम अभियान अन्तर्गत बिहीबार किटनासक औषधी छर्कने कामको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले संयुक्तरुपमा गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.