Websoft University

नेपाली सेनाको स्काई ट्रक आज स्वास्थ्य सामग्री सहित विराटनगर आईपुग्यो


विराटनगर चैत १७ गते । रातो तारा डट कम,चीनको गोन्जाओबाट कोरोना भाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन मेडिकल सामग्री आइतबार काठमाडौँ ल्याइएका थियो । नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामग्री आईतवार नेपाल आईपुगेको थियो । 

चीनबाट अनुदान तथा खरिद गरी ल्याइएका मेडिकल सामग्री सात वटै प्रदेशमा वितरण गरिने सरकारको निर्णय भएकोछ  । स्वास्थ्य सामग्री सातवटै प्रदेशमा पठाउने निर्णय भएसंगै नेपाली सेनाको स्काई ट्रक आज स्वास्थ्य सामग्री सहित विराटनगर आईपुगेको छ ।

आज नेपाली सेनाको स्काई ट्रकबाट ल्याईएको स्वास्थ्य सामग्रीमा १ हजार थान पिपिई मात्र रहेको प्रदेश नम्बर १ का समाजिक विकाश मन्त्री जिवन घिमिरेले जानकारी दिए । उनले सरकारले पठाएको थप सामग्री प्राविधिक कारणले हेलिकप्टरबाट आउन सम्भव नभएपछि गाडीबाट आईरहेको बताए । 

उनले सरकारले पठाएको १ हजार थान पिपिई आवश्यक्ताको हिसाबले कम रहेको तर यसले कोरोना उपचारमा खटेका स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान हुने जानकारी दिए । उनले सरकारले पठाएको एक हजार थानबाट काम गर्न थप हौसला प्रदान भएको र काममा सहज हुने विश्वास लिएको बताए । 

उनले प्रदेश १ मा हाल कोशी अस्पताल र बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना संग लड्न पुर्ण रुपमा तयार रहेकोले यो दुईवटामा बढी मात्रामा पिपिई दिईने र विराटनगर स्थित नेशनल ट्रेडिङमा निर्माणाधीन रहेको अस्पताल पनि दुईदिन भित्र संचालना आउने जानकारी दिए । उनले बिपि र कोशीमा १५० थानको हिसाबले पिपिई दिईने र दुईदिन पछि सुरुहुने भएको कोरोना अस्पताललाई २ सय थान दिने बताए । 

मन्त्री घिमिरेले मेचीमा ४६ पिस , मोरङमा ३४ , सुनसरीमा २४ , धनकुटामा १४, तेह्रथुममा १२ , संखुवासभामा २० , भोजपुरमा १८ , सोलुखुम्बुमा १६ , उदयपुरमा १६ , खोटाङमा २० , झापामा ३० , पाचँथरमा १६ , ताप्लेजुङमा १८ , ईलाममा २० , ओखलढुङ्गामा १६ पिस पठाईने जानकारी
दिए । उनले कोरोना उपचारमा खटेका स्वास्थ्कर्मीको उपचारमा सरकारले कुनै कमी हुननदिने बताए । उनले स्वास्थ्यकर्मीको सुरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।

एन–९५ मास्क १ हजार थान , १० हजार थान सर्जिकल मास्क, ४ हजार किलो क्लोरिन ,१० थान थर्मल गन र सेनेटाइजर गाडीवाट आउदै गरेको मन्त्री घिमिरेले जानकारी दिए ।

उनले सुरक्षा उपकरण बिना कोरोनाको उपचारमा संलग्न हुन बाध्य नबनाईने बताए । कोरोनाको उपचारमा खट्ने स्वास्थ्कर्मीलाई प्रदेश र संघिय सरकारले अतिरिक्त भत्ता , बिमालगायत समेतको व्यवस्था गरहेको जानकारी दिए । 

चीनबाट कोरोना उपचारका लागी अब नियमित रुपमा स्वास्थ्य सामग्री आमउने मन्त्री घिमिरेले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.