Websoft University

विराटनगर क्रिकेट लिगमा डाइनामिक विजयी


विराटनगर  माघ  ३ गते । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शनिबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी शुरुवातटट गरेको छ । ।

डाइनामकिले कटहरी क्रिकेट क्लब एकेडेमीलाई ३ विकेटले पराजित गरेको छ । 

टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस १८ रनको सामान्य योगफल तयार पारेको थियो । कटहरीकालागि प्रसिद्ध मण्डलले ३५ रन बनाउँदा आइसटेन रिजालले २४ रनको योगदान दिए । डाइनामकिका विवेक झाले २ विकेट लिँदा विकाश कामत एसएस झा र सुवास राँयले १–१ विकेट लिए ।

जवाफमा १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको डाइनामीकले १९ ओभरमा ७ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । डाइनामीकका रवि राँयले अविजित २९ रन जोड्दा रोशन कामतले २२ रन जोडे । कटहरीका अभय कामतले ३ विकेट लिँदा सुमित यादव र रणधिर कामतले १–१ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच डाइनामीकका विवेक झा घोषित भए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.