Websoft University

विराटनगर क्रिकेट लिगमा सिद्धार्थ र विराट विजयी


विराटनगर माघ ४ गते । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग आइतबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोटिङ क्लव र विराट क्रिकेट एकेडेमि विजयी भएका छन्         ।

पहिलो खेलमा डाइनामकि क्रिकेट एकेडमिलाई सिद्धार्थले ७३ रनको फराकिलो अन्तरले पराजित गर्दै २ अंकका साथ समुह वि को शिर्ष स्थानमा रहेको छ ।  यहि समुहमा २ खेल खेलेको कटहरीले १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ दोस्रो, डाइनामिकले पनि  १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो र लायन क्रिकेट एकेडेमि खेलेको १ खेलमा पराजित हुँदै लिगको पुछारमा रहेको छ ।

टस हाररे ब्याटिङको निम्तो पाएको सिद्धार्थले निर्धारित १८ ओभरमा ८ विकेट गुमाई १ सस ३७ रनको योगफल तयार पारेको थियो । सिद्धार्थकालागि अटल साहले रिटायर हर्ट हुनु पूर्व ४४ रन बनाएका थिए । अटलबाहेक फिर्दोस अन्सारीले ४० रन र  रविन मण्डलले २९ रनको योगदान दिए । डाइनामिकका एसएस झाले ३ विकेट लिँदा विवेक झाले २ विकेट लिए ।

जवाफमा १ सय ३८ रनको लक्ष्य पछ्याएको डाइनामिकले १५ ओभरमा सवै विकेट गुमाई ६४ रनमा सिमित हुन पुग्यो । डाइनामिकका सुभाष राँयले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरा अंकलाई छुन सकेनन् । सिद्धार्थका फिर्दोस अन्सारीले ३ विकेट लिँदा दुर्गेस मल्लिकले २ विकेट तथा दिेपेश कँडेल र निरज मुखियाले १–१ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच सिद्धार्थका फिर्दोस अन्सारी घोषित भए ।

सुमुह ए अन्तरगत भएको पहिलो खेलमा विराट क्रिकेट एकेडमिले इलाइट क्रिकेट क्लवलाई ५१ रनको स्कोरले पराजित गर्दै २ अंक जोडेको छ ।

टस जितेर ब्याटिङ गरेको विराटले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सस ४१ रनको योगफल तयार पारेको थियो । विराटकालागि विशाल ढकालले अविजित ६० रनको योगदान दिँदा दिपक पासवानले १९ रन र लव कामतले १५ रनको योगदान दिए । इलाइटका  सोनु सिंहले २  विकेट लिँदा हरेराम सिंह र राजु विश्वकर्माले २–२ विकेट लिए ।

जवाफमा १ सय ४२ रनको लक्ष्य पछ्याएको इलाइटले १८ दशमलव २ बलमा सवै विकेट गुमाई ९० रनमा सिमित हुन पुग्यो । इलाइटका चतुरानन्द मेहताले १८ रन बनाउँदा सागर मल्लिकले पनि १८ रन बनाए । विराटका महबुब इराकीले ३ विकेट लिँदा श्रवण यादवले पनि ३ विकेट लिए । त्यस्तै दिपक पासवानले २ विकेट आत पारे  ।  खेलको प्लेयर अफ द म्याच विराट विशाल ढकाल घोषित भए ।

सोमबारको पहिलो खेल सिद्धार्थ स्पोर्टिङ क्लव र कटहरी क्रिकेट एकेडेमि तथा दोस्रो खेल विराट क्रिकेट एकेडेमि र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विच प्रतिस्पर्धा हुने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.