विराटनगर माघ १६ गते । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शुक्रबार भएको हिसान क्रिकेटको फाइलमा विजयी हुँदै कान्तिपुर कलेजले जितेको छ ।
जुट मिल मैदान भएकोे फाइनल खेलमा शिक्षादिप कलेजलाई ४ विकेटले पराजित गर्दै कान्तिपुर कलेजले उपाधि जितेको हो । टस जितेर ब्याटिङको गरेको शिक्षादिपले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४६ रनकोे विशाल योगफल तयार पारेको थियो । शिक्षादिपका टेकनारायण मण्डलले २५ बनाउँदा सत्यमकुमार सडामले २१ रन,शिवम झाले १९ रन र इरफान आलमले अविजित १५ रनको योगदान दिए । कान्तिपुरका सन्तोष गुप्ताले २ विकेट लिँदा सुधिर पामतले पनि २ विकेट तथा सिताराम कामत र अरविन्द मण्डलले १–१ विकेट लिए ।
१ सय ४७ रनका विशाल लक्ष्य पाएको कान्तिपुरले १६ दशमलव ४ बलमा ६ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । कान्तिपुरका मोनु दासले ६० रन बनाउँदा सिताराम कामतले अविजित ४७ रन बनाए । कामत खेलको प्लेयर अफ फाइनल घाषित समेत भए । शिक्षादिपका रोहनकुमार राँयले २ विकेट लिँदासुदिप यादवले पनि २ विकेट लिए ।
हिसान फुटबल छात्रातर्फ अर्किड र रेडस्टार छात्रतर्फ शिक्षा सन्देश र रेडस्टार फाइनलमा प्रवेश
विराटनगर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शुक्रबार भएको हिसान फुटबल अन्तरगत छात्रातर्फ अर्किड र रेडस्टार तथा छात्रतर्फ शिक्षा सन्देश र रेटस्टार कलेज विजयी भई फाइनलमा प्रवेश गरेका छन् ।
शहिद मैदानमा भएको छात्रातर्फको पहिलो खेलमा अर्किड कलेजले जेभिर्यस कलेजलाई पेनाल्टी सुट आउटमा २–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । प्लेयर अफ म्याच अर्किडकी सुस्मिता बस्नेत घोषित भइन् ।
दोस्रो खेलमा रेडस्टार कलेजले कान्तिपुर कलेजलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा प्लेयर अफ म्याच सलिजा राईले २ गोल गरिन भने सुहाना राईले २ गोल तथा स्मृती राई र निसा लिम्बुले १–१ गरिन् ।
छात्रतर्फको पहिलो खेलमा शिक्षा सन्देश कलेजले कान्तिपुर कलेजलाई सडनदेथमा ६–५ को गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेले पछि खेल पेनाल्टीसुट आउटमा गएको थियो । पेनाल्टीसुट आउटमा पनि ५–५ गोलले बराबरी भएपछि खेलको निर्णय सडनदेथबाट भएको हो । खेलको प्लेयर अफ द म्याच शिक्षा सन्देशका मनिष भुजेल घोषित भए ।
दोस्रो खेलमा रेडस्टार कलेजले भानु कलेजलाई २–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा प्लेयर अफ द म्याच सौगात राई र सदानन्द मास्कीले १–१ गोल गरे ।

Post a Comment