Websoft University

मेला महोत्सवको लहर चलिरहेको वेला झापाको दमकमा पनि दमक फुड फेस्टिवल शुरु


 दमक | रातो तारा डट कम,मेला महोत्सवको लहर चलिरहेको वेला झापाको दमकमा पनि दमक फुड फेस्टिवल शुरु भएको छ ।

झापाको विर्तामोड,कमल र मोरङ्गको उर्लावारी लगायतका स्थानमा मेला महोत्सव भइरहेको वेला दमकमा पनि साँगीतिक कार्यक्रम सहितको फुड फेस्टिवलको शुभारम्भ भएको हो ।

 होटल ब्यवसायी संघ दमकले आजवाट शुरु गरेको फुड फेस्टिवल फागुन १९गत सम्म चल्ने छ । दमक नगर पालिकाको नगर प्रमुख राम थापाले एक कार्यक्रमका बीच फुड फेस्टिवलकोे उद्घाटन गर्नु भएको छ । उद्घाटनपछि बोल्दै नगर प्रमुख थापाले स्थानिय क्षेत्रको पर्यटन प्रर्वद्धन यसका समस्याको पहिचानको लागि नगरपालिकाले सहकार्य गर्ने बताउनु भयो । होटल ब्यवसायीका मुद्धा र त्यसको प्राथमिकता, सहयोग गर्ने थापाले प्रतिवद्धता ब्यक्त गर्नु भयो । 

संघका अध्यक्ष योगराज दंगालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पर्यटन बोर्डका सदस्य कृष्ण शाहले रैथाने जातीका परिकारको प्रर्वद्धन गर्नु पर्ने बताउनु भयो । होटल ब्यवसायीका मागलाई संस्थागत गर्न र पर्यटन प्रवद्र्धनका लागि पर्यटन वोर्डले आवश्यक सहयोग गर्ने शाहले बताउनु भयो । 

कार्यक्रममा होटल ब्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष रविन गौतम, होटलकै १ न. प्रदेश समिति अध्यक्ष राजन दंगाल लगायतले पर्यटन र फुड फेस्टिवलको विषयमा बोल्नु भएको कार्यक्रम संयोजक भुपेन्द्र न्यौपानेले जानकारी दिनु भयो । होटल ब्यवसायी संघले आयोजना गरेको दमक फुड फेस्टिवलको स्टलहरुमा नेवारी,धिमाल,लगायतका जातीका जातीय परिकारहरु पाइने संघका सदस्य गणेश अधिकारीले जानकारी दिनुभयो । 

यसै गरी वालवच्चाले खेलाउने रोलिङ कार,नाउँ,जम्पीङ,बेलुन,मिकीमस,खेल तमसा र बेलुन आदि फुड फेस्टिवलमा रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.