Websoft University

विराटनगरमा अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता शुरु


विराटनगर । विराटनगरमा अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता हुरु भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा विराटनगर–६ केशलिया पुल नजिक रहेको एमविजे क्रिकेट मैदानमा बिहिबारदेखि अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता शुरु भएको हो ।

 विहिबार भएको खेलमा सत्यनारायण मा.वी. र सरस्वती मा.वी. विजयी भएका छन् ।

 पहिलो खेलमा सत्यनारायणले बुढानिलकण्ठ स्कूललाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बुढानिलकण्ठले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सवै विकेट गुमाई ५९ रनमा सिमित भयो । जस्मा अमित साहले सर्वाधिक १० रनको योगदान दिए । सत्यनारायणका म्यान अफ द म्याच आकाश यादव र विकाश कामतले ३–३ विकेट लिए ।

 ६० रनको सामान्य लक्ष्य पाएको सत्यनाराणले ९ दशमलव ३ बलमा ३ विकेट गुमायँदै सो लक्ष्य पार गरेको थियो । जस्मा महमद हरुनले १६ लरनको योगदान दिए । बुढानिलकण्ठकाकादिल यादवले २ विकेटलिए ।

 विहिबारै भएको दोस्रो खेलमा सरस्वती मा.वी. ले पाखरिया मा.वी. लाई  ७५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेका सरस्वतीले निर्धारित २५ ओभरमा ४ विकेट गुमाई १ सय ५१ रनको विशाल योगफ खडा गरेको थियो । जस्मा राकेश खडकाले ३७ रन बनाएादा साहिद शेखले ३२ रन र रामनारायणले ३१ रन बनाए । पोखरियाका दिपराज चौधरी र सफर पोखरेलले १–१ विकेट लिए ।

 १ सय ५२ रनको विशाल लक्ष्य पछ्याएको पोखरियाले १६ ओभरमा सवै विकेट गुमाई ७६ रन मात्र बनायो । जसमा राहुल महतोले २९ रन बनाए । सरस्वतीका रोहन मण्डलले ४ विकेट लिँदा राकेश खडकाले ३ विकेट लिए । खेलको म्यान अफ द म्इाच सरस्वतीमा अलराउण्डर खेलाडि राकेश खडका घोषित भए ।

 लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूल सहभागि रहेको   नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विराटनगरको बाल्मीकि, बुढानिकलन्ठ, बिनायक, सरस्वती, सत्यनारायण, पोखरीया, मनकामना र राइजिङ नेपालसहभागि रहेका   छन् । प्रतियोगिता फागुन १८ गतेसम्म सञ्चालन हुनेछ ।

 प्रतियोगिताको विजेताले ट्रफि र प्रमाणपत्र पाउँनेछन् । बेस्ट ब्याटर, बेस्ट बलर, म्यान अफ द टुर्नामेन्ट, बेस्ट किपर र बेस्ट फिल्डरले हुने खेलाडीले विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमीको तर्फबाट छात्रवृत्ती पाउँनेछन् ।

 प्रतियोगितामा भाग लिने टिमले दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ रहेको छ भने प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख खर्च हुने अनुमान गरिएको छ ।

 नेपाल क्रिकेट फाउन्डेसनले यो प्रतियोगिता सकिएलगतै मार्च ३ तारिखबाट महिला क्रिकेट प्रतियोगिता विराटनगरमा गर्दैछ । सामुदायिक विद्यालयको मात्र महिला खेलाडीहरुले प्रतियोगितामा भाग लिन पाउने फाउण्डेसनको अध्यक्ष श्रेष्ठले बताए । क्रिकेट खेलको ग्रासउटबाट विकास गर्ने उद्देश्यले स्कुल तहबाट यस्तो प्रतियोगितामा जोड दिएको उनले बताए ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.