Websoft University

नदिजन्य पदार्थ उत्खनन कार्य रोकीयो


गाईघाट ११ फागुन | स्थानियको अवरोधको कारण एक साता देखि उदयपुरको चौदण्डीगढी नगरपालिकाको द्धार खोला वाट नदिजन्य पदार्थ उत्खनन कार्य रोकीएको छ । विवाद समाधानको लागि नगरपालिकाले राजनैतिक दलका प्रतिनिधि , सरोकारवाला पक्ष र स्थानिय वासिन्दा संग पटक , पटक  गरेको वार्ता र छलफल वाट अझ सम्म कुनै निष्कर्ष निस्कन सकेको छैन । 

स्थानियले कुनै पनि हालतमा नदि वाट ढुङगा , गिटि र वालुवा उत्खन गर्न नदिने अडान जारी राखेकोले पटक , पटक वसेको सर्वपक्षिय छलफल विना निष्कर्ष टुङगीएको छ । नदि उत्खनन गरिदा श्रीपञ्चमि खानेपानी आयोजना को मुहानमा क्षति पुग्ने , कूलो सिंचाईमा समस्या हुने र वर्षाको समयमा वाढीले वेलटार वजार , सात धारे र सिर्वानीमा रहेको मानव वस्ती उच्च जोखीममा पर्ने भन्दै स्थानियले झण्डै १० दिन देखि नदि उत्खनन मा अवरोध सृजना गरी विरोध गर्दै आइरहेका छन् ।

 चौदण्डीगढी नगरपालिकाले १ करोड ६ लाख २५ हजारमा उक्त नदि वाट नदिजन्य पदार्थ उत्खननको लागी ठेक्का लगाएको छ । आन्दोलन रत अगुवा  स्थानिय वुद्धहाङ राई ले जथाभावी नदि उत्खनन भैरहदा मानव वस्ती उच्च जोखीममा परेकोले उत्खनन कार्य रोक्न पुरै टोलवासी लागी परेको  वताए ।  ‘वस्ती जोखीममा पारी अव कुनै पनि हालतमा नदि उत्खनन गर्न दिइने छैनौ । ’ उनले भने । ‘नगरपालिका लाई आर्थिक समस्या आइपरे वरु हामी आफै घरै पिच्छे वाट चंदा उठाएर द्रिन्छौ । ’ उनले भने । तर खोला खन्न दिने छैनौ । 

राईले भने । नगरपालिकाले आय स्रोतको लागी अन्य विकल्प खोज्नु पर्ने उनले वताए । नगर प्रमुख कालु लामाले वस्ती जोखीम पर्ने गरी नदि उत्खनन नगरीने वताए । ‘हामीले सुरुमै प्रारम्भिक वातावरणीय परिक्षण गरेर ठेक्का लगाएका छौ । ’उनले भने । क्षति पुग्ने क्षेत्र वाट नदिजन्य पदार्थ उत्खनन गर्न रोकेको उनले भने । 

तर आन्दोलनरत पक्षले आफ्नो अडान नछाडेकोले समस्या भएको उनले वताए । ‘हामी वार्ता वाटै सवै समस्या समाधान होस् भन्न चाहान्छौ , तर वहाहरु वार्ता मै वस्न चाहानु हुन्न । अनि समस्या कसरी समाधान हुन्छ ? ’ प्र्मुख लामाले भने ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.