Websoft University

दूर सञ्चार सम्बन्धी कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाबारे छलफल सम्पन्न


विराटनगर १२ फागुन ।रातो तारा डट कम, दूर सञ्चार सम्बन्धी कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाको बारेमा विराटनगरमा एक दिने कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ । दुरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा आधृत इंकले आयोजना गरेको कार्यक्रममा नेपाल दूरसञ्चार सेवाको गुणस्तर कमजोर रहेको विज्ञहरूले बताएका छन् । 

विराटनगरमा दूर सञ्चार सम्बन्धी कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाको बारेमा आयोजित कार्यक्रममा विज्ञहरूले दूरसञ्चारसम्बन्धी निकै समस्या र चुनौतीहरू रहेको बताए । अहिले पनि नीति, नियम र कानुनले एक तहबाट अर्काे तहमा तथ्याङ्क लिन समस्या रहेको उनीहरूले बताएका छन् । नेपाल दूरसञ्चारसम्बन्धी कानुनका विज्ञ सन्तोष सिग्देलले नागरिकका सबै तथ्याङ्क र सूचनाहरू असुरक्षित रहेको बताउनुभयो ।


 दूरसञ्चारसम्बन्धी विषय टेलिफोन मात्र नभई इन्टरनेटसँग जोडिएकोले इन्टरनेटमार्फत रहेका सूचनाहरू असुरक्षित रहेको उहाँको भनाइ छ । डिजिटल सचेतना, गोपनीयता, सही र गलत सूचना, डाटा प्रोटेक्सन, बालबालिकालाई अनलाइन प्रोटेक्सन, साइबर क्राइम र गुणस्तरीय सेवालाई ध्यान दिनु पर्ने सिग्देलले बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले नेपालमा कानुन प्रभावमा पारेर वा मागको आधारमा आउने भएको बताए । 


उहाँले नेपालमा सामाजिक सुरक्षा र इन्टरनेट टेक्नोलोजीको ट्रर्यापमा पर्ने अवस्था रहेको बताउनुभयो । उहाँका अनुसार एचआईएमएसको नाममा वार्षिक २० करोड युरोमा तिर्नु पर्ने अवस्था तथ्यांकमा देखिएको छ, यस्ता धेरैवटा एप्सहरू बिसौँ करोड डलर तिरेर प्रयोग भइरहेको छ, हाम्रो तथ्याङ्क अर्काेले राखेको छ । दूर सञ्चार सम्बन्धी कानुन निर्माणको लागि पनि समस्या रहेको बताइएको छ । 

लामो समयदेखि कानुन निर्माण प्रक्रियामा गए पनि अझै पूर्णता पाउन नसकेको नेपाल दूर सञ्चार प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्तले जानकारी दिनुभयो । उपभोक्ता र सेवा प्रदायक बिचको समस्याको बारेमा उजुरीहरू कम पर्ने गरेकोले पनि उजुरी र गुनासा प्राधिकरण गएको अवस्थामा नियमन र कारबाही हुने गरेको बताउनुभयो ।

प्राधिकरणले विद्यमान कानुनको आधारमा नियमन, अनुगमन र कारबाहीको प्रक्रिया अघि बढाइएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख उषा झा, पथरी शनिश्चरे नगरपालिकाका उपप्रमुख देवीमाया काफ्ले, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, उच्च अदालत बार एसोसिएसनका उपाध्यक्ष अनिल खड्का, आयोजक आधृत इंकका अध्यक्ष रञ्जन कोइराला लगायतले बोल्नु भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.