Websoft University

सार्वजानिक चासोको सूचना माग्न पाउने अधिकारको ग्यारेन्टी संविधानले गरेको हुदा सूचना पाउनु पर्नेमा सबैको जोड

 


दमक,फागनु १२ गते | सार्वजानिक चासोको सूचना माग्न पाउने अधिकारको ग्यारेन्टी संविधानले गरेको हुदा सूचना पाउनु पर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

 प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज गौरीगञ्जमा आयोजना गरेको एक दिने सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रमको समापनमा बोल्ने वक्ताहरुले नेपालको संविधान २०७२को धारा २७ले सुचनाको हकको ब्यवस्था ग्यारेन्टी गरेको हुदा सर्वसाधारणले सूचना पाउनु पर्नेमा जोड्दिएका हुन् ।


 गौरीगञ्ज गाउँपालिकाको सहयोगमा प्रेस चौतारी नेपाल झापाले गौरीगञ्ज भित्रका सरकारी,वोडिङ विधालयको मावि र गौरीगञ्ज बहुमुखी क्याम्पसका विधार्थीहरु सहभागी गराई आयोजना गरेको समापन कार्यक्रमका प्रमुख अतिथि गौरीगञ्ज गा.पा.को३नम्वर वडाका वडा अध्यक्ष श्रवण गिरीले कुनै पनि कार्यालयले गरेका गतिविधि,सार्वजानिक विषयको जानकारी पाउनु नागरिकको अधिकार भएको हुदा मागेको सूचना दिनु पर्ने बताउनु भयो ।

 लिखित रुपमा कसैले सूचना माग गर्दा सम्वन्धि कार्यालयको सूचना अधिकारीले सूचना उपलब्ध नगराए संविधानले ब्यवस्था गरेको नियम बमोजिम पनि कारवार्ही हुने वडाअध्यक्ष गिरीले बताउनु भयो । सर्वसाधारणले मागको सूचना आफनो वडा कार्यालयले पनि उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । 

प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको समापन कार्यक्रमका अतिथि नेकपा एमाले गौरीगञ्ज गाउँ कमिटी अध्यक्ष गोविन्द्र कुवँरले आम सरोकारको विषयको सूचना सबैले पाउनु पर्ने बताउनु भयो । एमाले गौरीगञ्ज गाउँ कमिटीको विषयको सूचना माग भएमा उपलब्ध गराउने पनि कुवँरले ऐक्यावद्धता ब्यक्त गर्नु भयो । 

गौरीगञ्ज उधोग वाणिज्य संघका अध्यक्ष मखना महतोले हरेक ब्यक्तिले सूचना पाउनु पर्ने बताउदै नदिए सोको खवरदारी गर्न साथ दिने भन्दै सहभागीहरुलाई मोवाइल नम्वर टिपाउनु भएको थियो । कार्यक्रममा सहभागीहरु मध्येवाट छात्र मनिष अधिकारी र छात्रा शुभेच्छा तिम्सिनाले यहाँ सिकेको सूचनाको हकका कुरालाई समाजमा ब्यवहारमा लागु गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । सूचनाको हक सम्वन्धि कार्यक्रमको प्रशिक्षण संगठनका झापा उपाध्यक्ष तथा सुचना अभियन्ता प्रदिप परियारले गर्नु भएको थियो । 

कार्यक्रममा सूचनाको हक ,यसको आवश्यकता किन,सूचना माग गर्न सकिने विषयहरु,सुचनाको हकको प्रयोग र सूचनाको महत्व आदि विषयमा एक क्याम्पस सहित ११ विधालयका विधार्थीलाई प्रशिक्षण दिइएको कार्यक्रमका सहयोगी महेन्द्र रिजालले जानकारी दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.