Websoft University

सत्यनारायण र पोखरीया स्कूल विराटनगरमा जारी अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा विजयी


विराटनगर फागुन १५ गते ।रातो तारा डट कम, नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा सोमबार भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगितामा सत्यनारायण स्कूल र पोखरीया स्कूल विजयी भएका छन् ।

 पहिलो खेलमा सत्यनारायण स्कूलले विनायक स्कूललाई १ सय ६२ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यनारायणले समुह ए को तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । विनायकले तीनमा २ मा हार र एक मा जित हात पारे पछि प्रतियोगिताबाट बाहिरिएको छ । 

 टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई २ सय १६ रनको विहाल स्कोर खडा गरेको थियो । जस्मा साइमन कामतले ४३ रन बनाउँदा दिपक यादवले ३५ रन र सोनू सिंहले ३० रन बनाएका थिए । विनायकका रेहान अलीले ३ विकेट लिँदा प्रवेश पासवान र शिभम पासवाले समान २–२ विकेट लिए ।

 २ सय १७ रनको विशाल लक्ष्य पाएको विनायकले १४ दशमलव १ बलमै सवै विकेट गुमाउँदै ५४ रनमा सिमित भयो । जस्मा प्रल्लाद यादवले १२ रन जोड्दा कृष साहले  पनि १२ रन जोडे । सत्यनारायणका म्यान अफ द म्याच राजा मण्डलले ३ दशमलव १ बलमा किफायती बलिङ गर्दै ७ रन दिएर ५ विकेट दिए । त्यस्तै अमर यादवले २ विकेट लिए ।

 सोमबारै भएको समुह वि कोे खेलमा पोखरीयाले राइजिङ नेपाल स्कूललाई ९० रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरीयाले दुई खेलमा २ मा जित र १ मा पराजित भएको छ भने राइजिङले १ मा जित र २ मा पराजित हुँदै प्रतियोगिताबाट बाहिरेको छ । 

टस जितेर ब्याटिङ गरेको पोखरीयाले निर्धारित २५ ओभरमा ८ विकेट गुमाई १ सय ४४ रनको स्कोर खडा गरेको थियो । जस्मा कृष्ण देवले ३३ बलमा आक्रामक ब्याटिङ गर्दै ४ छक्का र ७ चौका प्रहार गर्दै ६५ रन बनाउँदा अविशेक यादवले २३ रन बनाए । राइजिङका महमद साहिल, राहुल राँय र महमद जावेदले २–२ विकेट दिए ।

 १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको राइजिङले १४ दशमलव १ बलमा सवै विकेट गुमाई ५४ रनमा सिमित भयो । जस्मा महमद शम्शेरले २६ रन जोड्दा बायन अलीले १४ रन जोडे । पोखरीयाका म्यान अफ द म्याच विशाल यादवले ४ ओभरमा १७ रन दिएर ६ विकेट लिँदा प्रेम मण्डलले २ विकेट लिए ।

 लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूल सहभागि रहेको   नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.