Websoft University

मैथिल सञ्चारकर्मी संघद्वारा ५ जना सम्मानित


विराटनगर । मैथिल सञ्चारकर्मी संघले संस्कृति सम्वद्र्धन र समाज विकासकोे क्षेत्रमा योगदान पु¥याएका पाँच जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।

 विराटनगरमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मी संघले नगद पुरस्कारसहित उनीहरुलाई सम्मान गरेको हो । मैथिल संस्कृति र पहिचानको विकासमा बहुआयामिक योगदान पु¥याएको बिषयको कदर गर्दैै उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा साहित्यकार धिरेन्द्र प्रेमर्षि, गायक रामा मण्डल, सहिद दिनदयाल मण्डलको परिवार, लेखिका कुमारी श्रेया र पत्रकार ब्रम्हदेव यादव रहेका छन्् । उनीहरुलाई राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा र मैथिल सञ्चारकर्मी संघका अध्यक्ष नवीन कर्णसहित पुरस्कारका संस्थापकहरुले सम्मान गरेका छन् ।

 साहित्यकार प्रेमर्षिलाई २१ हजार १११ रुपैयाँको नगद पुरस्कारसहित ‘इन्द्र मिथिला गौरव सम्मान–२०७९’ प्रदान गरिएको छ । गायक रामा मण्डललाई ११ हजार १११ रुपैयाँ राशीको भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चद्वारा स्थापित ‘उज्जवल नक्षत्र मिथिला गौरव सम्मान’ प्रदान गरिएको छ । सञ्चारकर्मी संघले मधेश आन्दोलनमा सहादत प्राप्त गरेका मोरङको जहदा गाउँपालिका वडा नं. ६ का दीनदयाल मण्डलको परिवारलाई समेत सम्मान गरेको छ । सहिद मण्डलको परिवारलाई भने संघले ७ हजार १५१ रुपैयाँ राशीको ‘रघुनाथ प्रसाद गुप्ता स्वतन्त्रता सेनानी स्मृति पुरस्कार’ प्रदान गरेको छ ।

 यस्तै, पत्रकार ब्रम्हदेव यादव र लेखिका कुमारी श्रेयालाई पनि मैथिल सञ्चारकर्मी संघले सम्मान गरेको छ । यादव र श्रेयालाई जनही ५ हजार १५१ रुपैयाँ नगदसहित ‘रामपरीदेवी पत्रकारिता पुरस्कार’ र ‘कौशल्या मुसहरु स्मृति पुरस्कार’ ले सम्मान गरिएको छ । पत्रकार यादवलाई पछिल्लो दुई दशकदेखि पत्रकारिता क्षेत्रको माध्यमबाट मैथिल संस्कृतिको विकासमा योगदान पु¥याउँदै आएको बिषयको कदर गर्दै सम्मान गरिएको सञ्चारकर्मी संघले जनाएको छ । संघका अनुसार श्रेयालाई भने मैथिली तथा नेपाली भाषाको लेखन क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएको बिषयको कदर गर्दै सम्मान गरिएको छ ।

 कार्यक्रममा बोल्दै सञ्चारकर्मी संघका अध्यक्ष नवीन कर्णले मैथिली भाषा संस्कृतिको विकास र सम्र्वद्धनमा योगदान पुु¥याउँदै आएका व्यक्तिहरुलाई सम्मान गर्न पाउनु गौैरवको बिषय भएको बताए । मैथिल सञ्चारकर्मीहरुलाई संगठित गर्ने उद्देश्यका साथ स्थापित संस्था आज यो अवस्थासम्म आईपुग्दा आफुलाई निकै गर्व महशुस भएको उनले जिकिर गरे । ‘हामीले २ वर्षअघि मैथिल सञ्चारकर्मीहरुलाई संगठित गर्ने उद्देश्यका साथ यो संस्था स्थापना गरेका थियौं । तर, आज आएर यसको उद्देश्य र कार्यक्षेत्र फराकिलो भएको छ,’ उनले भने, ‘सञ्चारकर्मीहरुको आवाज बुलन्द बनाउनुका साथै समाजप्रतिको केही उत्तरदायित्वपनि हामीले निर्वाह गर्नुुपर्ने भएको छ । यसका लागि हामी सक्षम छौं । यो हाम्रो लागि सौभाग्यको कुरा हो ।’

 कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले पठनपाठनको अभावमा मैथिल संस्कृतिको विकास हुन नसकिरहेको बताए । उनले घरमा समेत मैथिल भाषा प्रयोग नहुनुले मैथिल संस्कृति लोप हुँदै गएको जिकिर गरे । ‘हामी मैथिली लेखपढ गर्दैनौं । मैथिली बोल्न लजाउँछौं । कुराकानी पनि अन्य भाषामै गर्छौं । हाम्रो पहिचानको मुख्य बाधक यही नै हो,’ उनले भने, ‘मैथिल संस्कृतिको विकास लागि सर्वप्रथम त मातृभाषाको अधिकतम प्रयोगमा ध्यान पु¥याउनुपर्छ ।’

 राससले मैथिलीमा पनि बुलेटिन निकाल्ने तयारी गरिरहेको अध्यक्ष झाले बताए । त्यसका लागि हाल आवश्यक गृहकार्य भईरहेको उनले जानकारी दिए । कार्यक्रममा भने रासस अध्यक्ष झासहित प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डल, जिल्ला समन्वय समिति मोरङकी उपाध्यक्ष उषा झा, मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेल र मैथिल समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.