Websoft University

लुका सकर क्लब साविक विजेता सशस्त्र प्रहरीलाई हराउँदै विराटनगरमा जारी सातौँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गर्यो


विराटनगर चैत १४ गते | रातो तारा डट कम, बिदेशी टोली लुका सकर क्लब साविक विजेता सशस्त्र प्रहरीलाई हराउँदै विराटनगरमा जारी सातौँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार शहिद रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले हराउँदै भारतको लुका सकर क्लब फाइनल प्रवेश गरेको हो ।

उपाधिका लागि अब लुका सकरले घरेलु टिम विराटनगर सिटी एफसीसँग खेल्नुपर्नेछ ।

निर्धारित ९० र अतिरिक्त थप गरिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा सशस्त्रका दिपेश धिमाल, सविन गुरुङले गोल गर्दा विशाल सत्याङ र गोलकिपर राजु नगरकोटी गोल गर्नबाट चुके । विशालले प्रहार गरेको बल लुका सकरका गोलकिपर सानफिरले उत्कृष्ट बचाउ गरेका थिए भने नगरकोटीको प्रहार पोलमा लागेका बाहिरिएको थियो ।

लुका सकरका लागि चाक्लेस, मोहोमद रफी, मो। आरसानो र पउल ओपारेले गोल गरे । एपीएफका किपर राजु नगरकोटीले लुका सकरका क्याम्भो हिनले प्रहार गरेको बल बचाए पनि हारबाट जोगाउन सकेनन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.