Websoft University

श्रीकृष्ण गौ सदनको मलमूत्र सिधै नालामा


विराटनगर ÷ विराटनगर रोडशेषस्थित श्रीकृष्ण गौ सदनले शौचालयको मलमूत्र सिधै नालीमा मिसाएको पाइएको छ ।

महानगरको सरसफाई टोलीले नाला सफा गर्ने क्रममा शौचालयको मलमूत्र नालीमा मिसाइएको भेटिएको हो । सरसफाई शाखा प्रमुख पुनम दाहालले महानगरले ५ सयदेखि ५० हजार रुपैयाँसम्मको कारबाहीको अधिकार आफूलाई दिएको बताए । उनले शौचालयको मलमूत्र नालामा मिसाउने गौ सदनका घरधनीलाई कानुनअनुसार कारबाही गरिने जानकारी दिए ।

गौ सदनका घरधनी प्रेमप्रकाश उप्रेतीले आफूबाट गल्ती भएको स्वीकारे । उनले मलमूत्र भएको नाला सरसफाईकर्मीलाई लगाएर सफा गर्ने बताए । उनले अबदेखि यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धतासमेत व्यक्त गरे । “म आज नै मान्छे बोलाएरलाई नाला सफा गर्न लगाउँछु,” उप्रेतीले भने, “गल्ती भयो अबदेखि यस्तो गल्ती हुँदैन ।” शौचालयको मलमूत्र नालामा मिसाउने व्यक्तिलाई ५ सयदेखि १ लाख रुपैयाँसम्म कारबाही हुने कानुनी व्यवस्था छ ।

महानगरपालिकाले वर्षाको समयमा हुने डुबान समस्या समाधानका लागि नाला सफाईलाई तीव्रता दिएको छ । वर्षायाम सुरु भएपछि नाला सफा गर्दा प्रभावकारी नहुने भएकाले हिउँदमै सफा गरिएको दाहालले बताए । उनले वर्षा सुरु हुनु अगाडि नै महानगर क्षेत्रभित्रका सबैजसो नाला सफा गरिसक्ने जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.