Websoft University

कटारी नगरपालिकाको बजार क्षेत्रमा संचालित दुधडेरी ब्याबसायीले आगामी जेष्ठ १ गतेबाट प्लाष्टिक झोला प्रयोग गर्न नपाउने


श्याम राई, उदयपुर  गाईघाट, १६ बैशाख | कटारी नगरपालिकाको बजार क्षेत्रमा संचालित दुधडेरी ब्याबसायीले आगामी जेष्ठ १ गतेबाट प्लाष्टिक झोला प्रयोग गर्न नपाउने भएकाछन् ।

३ नम्बर वडा कार्यालयले प्लाष्टिक झोला न्युनिकरण अभियान शुरु गरेपछि पहिलो चरणमा दुधडेरी उद्योगबाट प्लाष्टिक झोला प्रयोगमा रोक लगाईएको हो । कटारी बजार क्षेत्रमा अहिले ५ वटा दुग्ध डेरी उद्योग संचालनमा रहेकाछन् ।

उक्त वडाका अध्यक्ष पुष्कर खड्काले प्लाष्टिक झोलाको प्रयोग सबै भन्दा बढी डेरी ब्याबसायीबाट भैरहेकोले पहिलो चरण उनीहरुबाट शुरु गरिएको बताए ।

अब जेष्ठ १ बाट पूर्ण रुपमा प्लाष्टिक झोला प्रयोगमा रोक लगाईएको उनले बताए । उनले उपभोक्ताहरुलाई समेत प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गरिएको बताए । घरबाटै प्लाष्टिक झोलाको साटो बैकल्पिक झोला लिएर डेरी आउन उनले उपभोक्ताहरुलाई अनुरोध गरेकाछन् । अभियानको प्रचार प्रसारको लागि वडाले शनीबार ५ वटा दुधडेरीलाई ५ सय थान बैकल्पिक झोला वितरण गरेको उनले बताए । उनले यो वर्ष भित्र बजार क्षेत्रबाट प्लाष्टि झोला पूर्ण रुपमा विस्तापित गरिने बताए । प्लाष्टिक झोलाको प्रयोगले मानब स्वास्थयमा समेत असर पर्ने भएको साथै बजारमा यत्रतत्र प्लाष्टिक झोला छरिएका कारण बजारमा फोहोर बढेको कारण आफू प्लाष्टिक झोला हटाउने अभियान शुरु गरेको खडेकाले बताए ।

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.