मेारंङ साउन २९ गते । बिराटनगर आखां अस्पताल ७.५ हेक्टर (लगभग ११ बिघा जग्गामा फैलिएको छ ।अस्पतालको स्थापना सन् २००६ सेप्टेम्बर (विक्रम संवत २०६३) मा भएको हो। सुरुमा यो लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको एउटा शाखाको रूपमा भाडाको घरबाट सुरु भएको थियो र पछि सन् २०११ नोभेम्बरमा यसको आफ्नै नयाँ र ठुलो भवनको उद्घाटन गरियो।
आफ्नो स्थापनाकालदेखि अहिलेसम्म १ करोड ६६ लाखभन्दा बढीले ओपिडी र २४ लाख ९९ हजारभन्दा बढी आँखाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेकाछन । दैनिक रूपमा मात्रै यहाँ हजारौँ बिरामीहरू उपचारका लागि आउने गर्छन्।
येा नाफामूलक संस्था होइन। यो नेपाल नेत्रज्योति संघ र नेपाल सामाजिक कल्याण परिषद् र क्रिस्चियन ब्लाइन्ड मिसन (CBM) को सहकार्यमा संचालित 'पूर्वी क्षेत्रीय आँखा उपचार कार्यक्रम' (EREC-P) अन्तर्गतको एक गैर-नाफामूलक सामुदायिक संस्था हो।
यसको मुख्य उद्देश्य गरिब तथा विपन्न वर्गलाई अत्यन्तै कम र सुलभ मूल्यमा उच्च गुणस्तरको आँखा उपचार सेवा प्रदान गर्नु हो।सुरुमा भाडाको सानो घरबाट न्यून लगानीमा सेवा थालेको यस अस्पतालको व्यवस्थित र ठुलो पूर्वाधार निर्माणका लागि कुल ५३ करोड रुपैयाँ (NPR ५३,००,००,०००) खर्च भएको थियो। उक्त रकम युरोपियन युनियन (EU), CBM जर्मनी, स्टाण्डर्ड चार्टर्ड बैंक र सगरमाथा चौधरी आँखा अस्पताल लहानको आर्थिक सहयोगमा संकलन गरिएकेा रकमबाट संञ्चालन गरिएको थियो।

Post a Comment