नेपालगन्ज साउन १४ गते । मानव बन्यजन्तु द्धन्द्ध न्यूनीकरण बिषयक अन्तरक्रिया बाँकेको राप्ती सोनारी गाउँपालिकामा सम्पन्न भएको छ ।
विश्व बाघ दिवस २०२६ को अवसरमा बुधवार बास नेपालको आयोजना, डिभिजन बन कार्यालय बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६, ताल परियोजना र इन्रुडेक कोहलपुरको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा मानब बन्यजन्तु न्यूनीकरणमा बिषयमा स्थानीय र सरोकारवाला बिचमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै राप्ती सब डिभिजन बन कार्यालयका प्रमुख राम गणेश शाहले मानव बन्यजन्तु द्धन्द्ध न्यूनीकरणका लागि सबैले सकारात्मक भएर काम गर्नुपर्नेमा जोड दिए । यसैगरी कार्यक्रमका अतिथि तथा ताल परियोजना कोहलपुरका भरत प्रसाद भट्टले मानव र बन्यजन्तु द्धन्द्ध न्यूनीकरणका लागि प्राप्त सुझावहरुको आधारमा काम गर्दै जाने बताए । सो क्रममा ताल परियोजनाका प्रतिक शाह, इन्रुडेक कोहलपुरका बिराट लामिछानेले बोलेका थिए ।
अन्तरक्रियाको शुरुवातका बास नेपालका निर्देशक हेमराज भट्टले बिश्व बाघ दिवसको शुरुवात, इतिहास, बाँके राष्टिय निकुन्जको स्थापना र बाघ संरक्षणका लागि भइरहेका प्रयास र अवस्थाका बिषयमा प्रस्तुतीकरण गरेका थिए ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको अन्तरक्रियाको सञ्चालन बास नेपालका जन सम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए भने कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्दीय अध्यक्ष शिव कुमार बर्माले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा विभिन्न सामुदाकिय बनका पदाधिकारीहरु तथा स्थानीय गरी ८२ जनाको सहभागिता रहेको थियो ।
यसैगरी आज नै विश्व बाघ दिवसको अवसरमा बर्दियाको ठाकुरद्धारामा अन्त्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । बर्दिया राष्टिय निकुन्जको कार्यालय ठाकुरद्धारा बर्दियाको आयोजना तथा बास नेपाल लगायत संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Post a Comment