Websoft University

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन



विराटनगर असेाज २९ गते । विभागीय टोली नेपाल आर्मीले विराटनगरमा सम्पन्न २६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। आर्मीले १७ स्वर्णसहित कुल २८ पदक जित्दै प्रतियोगितामा पहिलो स्थान हासिल गरेको हो।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार आर्मीले १७ स्वर्ण, ६ रजत र ५ कास्य पदक जित्यो। त्यस्तै, सशस्त्र प्रहरी बलको एपीएफले १० स्वर्ण, १० रजत र ६ कास्यसहित कुल २६ पदक जित्दै दोस्रो स्थान हासिल गर्‍यो।

लुम्बिनी प्रदेशले ५ स्वर्ण, ६ रजत र ८ कास्यसहित १९ पदक जितेर तेस्रो स्थान हासिल गर्दा बागमती प्रदेश २ स्वर्ण, ६ रजत र १० कास्यसहित १८ पदक प्राप्त गर्दै चौथो भयो। घरेलु टोली कोशी प्रदेश भने एक स्वर्ण, ५ रजत र ११ कास्यसहित कुल १७ पदक जितेर पाँचौँ स्थानमा सीमित रह्यो।

गण्डकी प्रदेशले २ रजत र ९ कास्यसहित ११ पदक जित्दा कर्णाली प्रदेशले ६ र मधेश प्रदेशले ५ कास्य पदक प्राप्त गरे। सुदूरपश्चिम प्रदेश भने पदकविहीन रह्यो। मधेश, गण्डकी र कर्णाली प्रदेशले स्वर्ण पदक जित्न सकेनन्।

प्रतियोगितामा नेपाल आर्मी टिम विजेता, एपीएफ उपविजेता र लुम्बिनी प्रदेश तेस्रो भयो। व्यक्तिगततर्फ आर्मीका भीमबहादुर उत्कृष्ट पुरुष खेलाडी घोषित भए भने लुम्बिनीकी अपेक्षा श्रेष्ठ उत्कृष्ट महिला खेलाडी घोषित भइन्।

आयोजक मोरङ जिल्ला आइटिएफ तेक्वान्दो संघका अनुसार प्रतियोगितामा १५३ जना खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले भने सहभागिता जनाएको थिएन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.