Websoft University

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज पनि कतै भारी वर्षा र कतै सामान्य वर्षा हुनेछ ।


काठमाण्डौ भदौ १२ गते । रातो तारा डट कम, मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका अधिकांश स्थानमा वर्षा हुने बताएको छ । अहिलेपनि देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको माहाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । यस्तै आजराति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रदेश नं. १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भोलि दिउँसोदेखि देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो । 

उहाँले भोलिदेखि मौसममा सुधार आउने भन्दै अझै केहिदिन वर्षाको सम्भावना रहेको पनि जानकारी दिनुभयो । यस्तै आजराति देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सबै प्रदेशका थोरै– थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु पनि उहाँले आग्रह गर्नुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.