Websoft University

लाहुरे खोँच पूर्व को क्षेत्रमा तिब्र कटान हुन थालेपछि स्थानीय प्रशासनले कटान क्षेत्रमा सेना र प्रहरी परिचालन गर्यो


(फायल फोटो) श्याम राई -उदयपुर  गाईघाट, १३ भदौ। रातो तारा डट कम, निरन्तरको वर्षाको कारण सप्तकोशीमा आएको बाढीले उदयपुरको बेलका नगरपालिका–८ सिसौली उत्तर लाहुरे खोँच पूर्व को क्षेत्रमा तिब्र कटान गर्न थालेपछि स्थानीय प्रशासनले कटान क्षेत्रमा  सेना र प्रहरी परिचालन गरेको छ ।

कोशीको बाढीले बेलका नगरपालिका वडा न. २, ३, ८ र ९ मा तिब्र रुपमा कटान गर्न थालेपछि जिल्ला विपद् व्यावस्थापन समितिका अध्यक्ष निमित्त प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा आईतबार बसेको आपतकालिन बैठकले नदी जोखिम क्षेत्रमा कुनै पनि बेला बाढी पस्न सक्ने भएकोले कोशी तटिय क्षेत्रका बासिन्दाहरुलाई सचेत र सुरक्षित रहन आग्रह गर्दै सेना र प्रहरी परिचालन गर्ने निर्णय गरेको हो ।

निर्णय लगतै बेलका नगरपालिकाको समन्वयमा कटान क्षेत्र सिसौली क्षेत्रमा उद्धार कार्यको लागि साँझबाट प्रहरी, सेना र स्थानीय गाउँलेहरुलाई तयारी अवस्थामा राखिएको बेलका नगरप्रमुख दुर्गा थापाले बताए ।

कटान तिब्र गतिमा हुदै छ । बाढी कुनै पनि बेला गाउँ बस्तीमा पस्न सक्छ ।’ उनले भने । त्यसको रोकथामको लागि पूर्ण तयारीको साथ काम गरीरहेकाछन् । उनले कटान भैरहेको क्षेत्रमा तत्काल रोकथामको लागि बाध लगाउने काम भैरहेको बताए ।

सम्भावित खतरालाई मध्ये नजर गर्दै विपद् व्यवस्थापन समितिको बैठकले बेलका नगरको सबै श्रोत साधन परिचालन गरेर कोशी कटान रोक्ने प्रयास गरिने निर्णय गरिएको उनले बताए ।

कोशी कटान बारे प्रदेश र संघिय सरकारलाई समेत जानकारी गराई सकेको नगर प्रमुख थापाले बताए । सप्तकोशीमा आईतबार साँझको मापन अनुसार यस वर्षकै उच्च पानीको वहाब २ लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.