Websoft University

सर्वोच्च अदालतको काम रोक्न अन्तरिम आदेशजारी गरे पश्चात निर्माणाधिन सोलु कोरिडर १३२ केभी प्रशारण लाईनको काम रोकिएकोछ

 


श्याम राई÷उदयपुर  गाईघाट, १४ भदौ । रातो तारा डट कम, सर्वोच्च अदालतले काम रोक्न अन्तरिम आदेशजारी गरे पश्चात निर्माणाधिन सोलु कोरिडर १३२ केभी प्रशारण लाईनको काम रोकिएको छ ।

स्नानीय द्धारा वायर रिटमा अदालतले काम रोक्न अन्तरिम आदेश निर्माण कम्पनीलाई प्राप्त भएपछि शनीबार देखि सबै रोक्न बाध्य भएको आयोजना प्रमुख जनार्दन गौतमले बताए ।

कटारी नगरपालिका–४ मरुवामा करिडोर अन्तर्गत पर्ने जग्गा अधिग्रहण गरे वापतको मुआब्जा रकम थोरै भएको भन्दै स्थानीयहरुले रकम बुझन नमानेपछि विगत २ वर्ष देखि काममा अवरोध हुदै आएको थियो ।

विवादको कारण उदयपुरमा प्रशारणलाईनको ३ वटा टावर निर्माणको काम रोकिएको आयोजना प्रमुख गौतमले बताए । सर्वोच्चले आगामी असोज २२ गते भित्र स्थानीयले मुआब्जा बुझिसक्न र सो पछि नबुझेमा प्रशारण लाईनको काम सुचारु गर्न सकिने समेत आदेशमा उल्लेख भएको गौतमले बताए ।

जग्गाको मुआब्जा बढाउन माग राखेकै कारण भएको विवादले २ वर्षदेखि रोकिएको प्रशारण लाईनको काम स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेर असार देखि शुरु गरेको थियो । तर स्थानीयको आन्दोलनबाट काममा अवरोध भएको थियो । विद्युत प्राधिकरणले सोलु कोरिडरमा निर्माणधिन ३२५ मेगा वाट विद्युत खरिद विक्री संझौता (पिपिई) गरेको छ । गत २०७२ चैतमा भारतीय कम्पनी मोहन ईनर्जीले उक्त कामको ठेक्का लिएको थियो । सिराहाको मिर्चैया  देखि सोलुखुम्बुको तिङगा सम्म ३०२ वटा टावर निर्माण गर्नु पर्नेमा अहिले सम्म २९२ वटा टावर निर्माणको काम सकिएको छ । मरुवा क्षेत्र भित्र बनाउनु पर्ने १० वटा मध्ये ३ वटा टावर विवादको कारण बन्न नसकेको प्रमुख गौतमले बताए ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.