Websoft University

नवोदितसहित चार जनालाई युवा वर्ष मोती पुरस्कार

 


विराटनगर । रातो तारा डट जम, नेपाली साहित्यको महत्वपूर्ण पुरस्कारमध्ये एक मानिएको मोती पुरस्कारबाट विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदित पुरस्कृत हुने भएका छन् । दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको ‘युवा वर्ष मोती पुरस्कार–२०७७’ प्रदान गर्न लागेको हो । पुरस्कारका रुपमा संयुक्त रुपमा ५० हजार राशिसहित स्वर्ण पदक र सम्मानपत्र रहेको छ । 

युवा वर्ष मोती पुरस्कार नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सन् १९८७ लाई युनाइटेड नेसनले युवा वर्ष भनेर घोषणा गरेको वर्षलाई सम्झना गर्दै सुरु गरेको हो । सो पुरस्कार हरेक वर्ष मोती जयन्तीका दिन प्रदान गर्ने गरिन्छ । गत वर्ष कोभिडका कारण स्थगित भएको थियो । विशेषतः कविता विधामा कलम चलाउने नवोदितका ‘फूलबारीभित्रका भमराहरू’ र ‘झरीले रुझेको गाउँ’ गरी दुई कविता संग्रह प्रकाशित छन् । साथै, केही पुस्तकहरूको सम्पादनसमेत गरिसकेका नवोदितका सिर्जनाहरू राष्ट्रियस्तरका दैनिक पत्रिकाहरूमा प्रकाशित छन् । उनको ‘समयको बयान’ कविता संग्रह काठमाडौंको रत्न पुस्तक भण्डारले भदौभित्रै प्रकाशित गर्दैछ । 

कोषले नवोदितका साथमा सो पुरस्कार कवि, आख्यानकार, समालोचक एवं साहित्य अन्वेषक महेश पौड्याललाई समर्पण गर्ने निर्णय गरेको छ । पौड्याललाई पनि २०७७ सालको पुरस्कार दिन लागिएको हो । पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुन् । साहित्यतर्फ उनी बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुन् ।

त्यस्तै २०७८ सालको मोती पुरस्कार जापानमा बसेर संसारभरिका नेपाली साहित्यकारको नेतृत्व गरिरहेका प्रकाश पौडेल ‘माइला’ र काठमाडौं बसेर भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गरिरहेका हेम प्रभासलाई दिइने कोषले जनाएको छ । पौडेल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का अध्यक्ष हुन् । मोतीराम भट्टको सम्झनामा ४० वर्ष ननाघेका युवा साहित्यकारहरूलाई प्रदान गरिने यो पुरस्कार युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्णपुरस्कारमानिन्छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.