Websoft University

माधव समूहको विराटनगरस्तरीय समानान्तर कमिटी समाजवादी कमिटी समाहित

 


विराटनगर । नेकपा एमाले माधव समूहले समानान्तर ढंगले निर्माण गरेको
विराटनगर महानगर  कमिटी नेकपा एकीकृत समाजवादीमा समाहितभएकोछ ।
माधव नेपाल पक्षले पारुल क्षेत्रीको अध्यक्षतामा विराटनगर महानगर  कमिटी
गठन गरेको थियो । बुधबार बसेको बैठकले १७५ सदस्यीय सिंगो कमिटी एकीकृत समाजवादीमा रुपान्तरित हुने सर्वसम्मत निर्णय गरेको  क्षेत्रीले बताए ।


उक्त कमिटीको बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य घनेन्द्र

बस्नेतले नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको भासमा
डुब्नबाट बचाएर क्रान्तिकारी धार दिई नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा
र विकास गर्ने उद्देश्यले गरिएको यस विद्रोहबाट नेपाल कम्युनिष्ट पार्टी
(एकीकृत समाजवादी)को निर्माण गरिएको बताए ।

कम्युनिष्ट आन्दोलन एवं पञ्चायती व्यवस्थाको विरोधमा आफू १५ वर्ष जेल
परेको र क्रान्तिको लागि जेल ब्रेक गर्ने कार्य गरेको तर आफूहरू सँगै जेल
परेको केपी ओली दरवारियासँग साँठगाँठ गरेको उनले बताए ।

‘पार्टी र बाम आन्दोलनलाई दक्षिणपन्थी अवसरवादीहरूबाट मात्रै होइन
मध्यपन्थी अवसरवादीबाट समेत गरिएका जालझेल, षडयन्त्र, हमला र अपहरणका प्रयाससमेत सबैलाई परास्त गर्दै विद्रोह सफल भएको छ,’ उनले भने, ‘विद्रोहमा साथ समर्थन दिनुहुन सम्पूर्ण पार्टी नेता, कार्यकर्ता,
समर्थक, शुभचिन्तक र सहयोगीहरू अनुरोध गर्दछु ।’

कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य महेश रेग्मीले जनताले दिएको
अभूतपूर्व दुइ तिहाई मतको सम्मान गर्न नसकेको र कम्युनिष्ट आन्दोलन नै
समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गरेको बताए । उनले नेकपा
एमालेको पुनर्गठन गरी नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरेको
बताए ।

बैठकमा एकीकृत समाजवादीका प्रदेश कमिटीका सदस्यहरु वीरेन्द्र यादव, मणि
दाहाल, जिल्ला कमिटीका अध्यक्ष्य चन्द्रवीर राई, उपाध्यक्ष डा. उद्धव
पोखरेललगायतले आफ्नो धारणा राखेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.