Websoft University

इँटा उद्योगमा सञ्चालित बेटर ब्रिक परियोजना प्रभावकारी

  


विराटनगर । रातो तारा डट कम, ग्लोबल फेयरनेश इनिसिएटिभको आर्थिक तथा प्राविधिक सहयोगमा एकीकृत हातेमालो समाजले मोरङका इँट उद्योगमा सञ्चालन गरेको बेटर ब्रिक नेपाल परियोजना प्रभावकारी देखिएको छ । परियोजना सञ्चालन भएपछि उद्योगमा बालश्रम निवारण भएको छ । 

परियोजना सञ्चालन गर्नुअघि इँटा उद्योगहरुमाबालश्रम थियो । मोरङको रंगेली–६ धनपालथान र रंगेली–३ स्थित आनन्द इँटा उद्योगमा बेटर ब्रिक परियोजना सञ्चालनमा छ । परियोजनाले बाल श्रम मान्य छैन, बाध्यकारी वा इच्छाविपरीत श्रम मान्य छैन, ज्याला तथा कार्यघण्टा, कार्यस्थल सुरक्षा– स्वास्थ्य र अमानवीय व्यवहार मान्य छैन भन्ने मापदण्डमा आधारित रहेर ती मापदण्डलाई पूरा गराउनका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आएको परियोजनाकी परियोजनाकी फिल्ड कोर्डिनेटर सुनिता ताम्राकारले जानकारी दिइन् । ग्लोवल फेयरनेस इनिसियटिभको प्राविधिक र आर्थिक सहयोगमा सन् २०१६ देखि मोरङको रंगेली–३ र धनपालथान–६ मा अवस्थित दुईवटा इँट्टा उद्योगमा परियोजना सञ्चालित छ । परियोजना सञ्चालन भएपछि इँट्टा उद्योगमा पूर्ण रूपमा बालश्रमको अन्त्य भएको छ । उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई लक्षित गरी उद्योगभित्रै प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

ताम्राकारका अनुसार बालश्रम, बाध्यकारी श्रम नपरेको स्वच्छ र सफासहित मानवीय संवेदनाले भरिएको इँट्टा उत्पादनमा परियोजनाले काम गरिरहेको छ । घर, भवन, सडकका नाला, कार्यालय सबै संरचना निर्माणमा इँट्टाको प्रयोग गरिन्छ ।  “खुसी र सुखी श्रमिकले उत्पादन गरेको इँट्टा प्रयोग गर्नुपर्छ भन्ने मुख्य परियोजनाको थिम हो,” ताम्राकारले भनिन्, “त्यसैले बालश्रम, इच्छाविपरीत तथा जबरजस्ती श्रम, अमानवीय व्यवहारलगायत नभएको इँट्टा उत्पादनमा हाम्रो जोड हो ।” 

इँट्टा उद्योगमा श्रम सम्बन्धित चुनौतीहरूको सम्बोधन गर्न २०१३ बाट बेटर ब्रिक नेपाल परियोजना सुरु भएको हो । परियोजनाले सफा इँट्टा उत्पादनमा सहजीकरण र बजारको प्राथमिकता सिर्जना गर्ने काम गर्दछ । उद्योगहरूलाई प्राविधिक सहयोग र बजारमा पहुँच सिर्जना गरी लाभान्वित गरिन्छ । जसबाट सफा इँट्टाका उपभोक्ताहरूलाई सामाजिक तबरले उत्तरदायी र उच्च गुणस्तरयुक्त इँट्टा उत्पादनको प्रत्याभूत गरिन्छ । परियोजनाले ४० वटा इँट्टा उद्योगमा काम गरिरहेको छ । हातेमालोले भने मोरङ, भक्तपुर र काठमाडौंका ५ वटा उद्योगमा काम गरिरहेको समाजका अध्यक्ष डिल्लीराम गिरीले बताए । 

उद्योगी र श्रमिकबीच श्रम सम्झौता गर्न सहयोग, इँट्टा उद्योगमा कार्यरत कामदारका ५ वर्षमुनिका बालबालिकाहरूलाई बाल विकास तथा शिक्षा केन्द्र स्थापना गरी सुरक्षित वातावरणको व्यवस्था गर्ने तथा ६ देखि १४ वर्षका बालबालिकालाई नजिकको विद्यालय भर्ना, इच्छाविपरीत तथा करकापपूर्ण काम र बालश्रम निवारण, उद्योग परिसरमा कामदारहरूको लागि आवश्यक आवास, स्वास्थ्य सरसफाई तथा खानेपानी तथा सुरक्षाको सम्बन्धमा कामदारहरूलाई सचेत गर्दै उचित व्यवस्थापनका लागि पहल, गुनासो सुनुवाई समिति, कामदार समिति गठन गरी कामदारका समस्याहरूलाई समाधानका लागि पहल,  उद्योगका उद्योगी, नाइके तथा कामदारहरूलाई परियोजनाको महत्व सिद्धान्तहरू र बालश्रम निवारणसम्बन्धी तालिमहरू सञ्चालन गर्नु परियोजनाको उद्देश्य रहेको उनको भनाइ छ । 

मोरङका दुवै इँटा उद्योग बालश्रममुक्त हुन सफल भई गत फागुनमा सम्मानित भइसकेको छ । उनका अनुसार त्यस्तै, कामदारहरुलाई प्रदान गरिने सचेतनामूलक तालिमका कारणले कामदारहरु कामदारका हकअधिकारलगायत स्वस्थ जीवनका बारेमा सुसूचित हुन पाएका छन् । उद्योगी स्वयं पनि परियोजनाका सहयोगले उद्योग परिसरमा प्रारम्भिक बाल विकास तथा सिकाई केन्द्र सञ्चालन भएको हुँदा बालबालिकाहरु यत्रतत्र धुलो माटोमा खेल्ने, श्रममा संलग्न हुन सक्ने परिस्थितिबाट मुक्त भएको र अभिभावकहरु ढुक्क भएर इँटा उत्पादनमा ध्यान दिने ताम्राकारको भनाइ छ । 

यसैबीच, कोरोना भाइरसको संक्रमणका कारण भारतबाट आउने मजदुरमा रोक लगाएपछि स्थानीय मजदुरबाटै इँटा उत्पादन गरेको पाइएको छ । पूर्ण क्षमतामा सञ्चालनमा नभए पनि आंशिक रुपमा सञ्चालनमा छन् । कोरोनाले रोजगारी गुमिरहेको बेला स्वदेशी उद्योगमा रोजगारी पाउँदा स्थानीयसमेत हर्षित छन् । “घर नजिकको उद्योगमा रोजगारी पाउँदा अत्यन्तै खुसी लागेको छ,” धनपालथानका जयदेव मण्डलले भने, “इँटा उद्योगबाट आएको पैसाले घरखर्च धानिरहेको छ ।” उद्योगहरुले पूर्ण स्वास्थ्यसावधानी अपनाएर उत्पादन गरिरहेकोपाइएकोछ । स्थानीय कामदार परिचालन गर्दै इँटा उद्योगलाई सञ्चालन गर्न सके स्थानीयले रोजगारीका अवसर पाउनुका साथै सम्बन्धित पालिकाको अर्थतन्त्र तथा विकासकोे अन्य आयाममा समेत टेवा पुग्ने अर्थशास्त्री डा. भेषप्रसाद धमलाको विचार छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.