Websoft University

३ सय ९६ स्थानीय तहमा पाँचदेखि १५ शय्याको अस्पताल आजबाट बनाउन सुरु गर्ने


काठमाण्डौ मंसिर १५ गते । रातो तारा डट कम,स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आज एकैसाथ ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरिँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ स्थानीय तहमा पाँचदेखि १५ शय्याको अस्पताल बनाउन थालेको हो । 

आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्नुहुनेछ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले इलामका तीन स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गर्नुहुनेछ । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरिसकेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज सातवटै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने जानकारी दिनुभयो । सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पु¥याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो । 

अहिले संघमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ । ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अस्पताल नै छैनन् । तीमध्ये पहिलो चरणमा ३ सय ९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न थालिएकोहो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.