Websoft University

गुणस्तरीय र परिणाममुखी कामको अभियानमा छौं-उपप्रमुख पराजुली


बेलबारी मोरङ मंसिर १२ गते । रातो तारा डट कम, बेलबारी नगरपालिकाले नगर क्षेत्रभित्र संचालित योजनाहरुको कार्यनयन गर्ने क्रमलाई तीब्रता दिएको छ।नगरपालिकाका सबै वडाहरुमा पुर्वाधार विकासका कामहरु अघि बढिरहेका छन् ।

यसै क्रममा आज नगर उपप्रमुख एवम् नगरस्तरीय अनुगमन समितिकी संयोजक ढाका कुमारी पराजुलीको संयोजकत्वमा विभिन्न वडाहरुमा संचालित विभिन्न योजनाहरुको अनुगमन गरिएको छ।वडा नं ११ मा संचालित विपन्न वर्गका लागि निर्माण गरिएको जनता आवास कार्य,सडक कालोपत्रे र वडा नं ७ मा निर्माण सम्पन्न भएको सडक कालोपत्रे योजनाको अनुगमन गरिएको छ।अनुगमन कार्य उपप्रमुख सहित अनुगमन समिती सदस्यहरु प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह,कार्यपालिका सदस्य बिन्दु गुरुङ,इन्जिनियर बालकृष्ण निरौला!सव इन्जिनियर अजित महतरा लगायतको उपस्तिथिमा भएको थियो।

   


 बेलबारी ७ स्थित पुरानो बाहुनी उत्तर ओइलानी टोल सडक कालोपत्रे योजना अन्तर्गत ५०० मिटर लम्बाई रहेको कालोपत्रे योजना  अनुगमन गर्दै उपप्रमुख पराजुलीले यस बर्ष नगरपालिकाले बैशाख महिनाभित्र नै सम्पूर्ण योजना सप्पन्न गरिसक्ने लक्ष्यसहित काम गरिरहेकोले शतप्रतिशत योजनाहरु समयभित्रै सप्पन्न हुने कुरा बताइन्।स्थानीय सरकारले अघि बढाएका निति तथा कार्यक्रम सफल बनाउने दायित्व नागरिकको पनि हो।"हामी काम गुणस्तरीय होस् परिणाममुखी होस् भनेर निरन्तर लागिपरेका छौँ। 

यसमा नागरिकको पनि सहयोग आवश्यक छ।बजेट हिनामिना दुरुपयोग हुनबाट रोक्न नगरपालिका सचेत भएर लागेको छ।योजना कार्यनयनमा ढिलासुस्ती गर्ने आलटाल गर्ने ठेकेदारलाई उपभोक्ता समिति जो हुन् बिधि पद्धति बाहिर गए कार्वाहीको भागिदार बन्नुपर्ने छ।हामी सधैं गुणस्तरीय र परिणाममुखी कामको अभियानमा छौं "-उपप्रमुख पराजुलीले भनिन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.