Websoft University

ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न काँग्रेसको आग्रह–देशकै लागि लज्जास्पद भयो, किटानी विवरण उल्लेख भएकाले ढाकछोपले काम चल्दैन,


काठमाण्डौ मंसिर १४ गते । रातो तारा डट कम, नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ । प्रतिवेदनले प्रधानमन्त्री ओली स्वयंले भ्रष्टाचारीको संरक्षण गरेको भन्ने काँग्रेसको समीक्षालाई पुष्टि गरेको काँग्रेसले विज्ञप्तिमार्फत् जनाएको छ । प्रतिवेदनमा भ्रष्टाचारीको संरक्षण प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण उल्लेख छ । प्रतिवेदनमा किटानी विवरण रहेको स्थिति देशकै लागि लज्जास्पद समेत भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभएको छ । पछिल्लो एक वर्षमा एसियाली मुलुकहरूमा नेपालको स्थिति भ्रष्टाचारमा सबैभन्दा अगाडि देखिनु दुःखद् त छ नै, भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा रहेकोे स्थिति देशकै लागि लज्जास्पद समेत छ प्रवत्ता शर्माले भन्नुभएको छ । एकातर्फ भ्रष्टाचारीको अनुहारसम्म हेर्दिनँ भनेर अभिव्यक्ति दिने र अर्कातर्फ भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिदिने गर्नु दोहोरो प्रवृति भएको काँग्रेसले टिप्पणी गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.