Websoft University

किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित


काठमाण्डौ मंसिर १४ गते । रातो तारा डट कम, उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी हुनुभएको छ । महासंघको ५४ औं वार्षिक साधारणसभामा हिजो भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ र प्रधानले ५३ मत ल्याउनुभएको छ । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत प्राप्त गर्नुभएको छ । यस्तै वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित हुनुभएको छ । त्यसै गरी ६० जना कार्यकारिणी सदस्य पनि निर्वाचित भएका छन् । महासंघको नयाँ नेतृत्वका लागि हिजो मतदान भएकोमा आज सबेरै नतिजा घोषणा गरिएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि ढकालले आफूले सम्पूर्ण व्यवसायीको प्रतिनिधित्व गरेको र आफ्नो जित भनेकै व्यवसायीको जित भएको प्रतिक्रिया दिनुभएको छ । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.