Websoft University

सिटी मन्टेश्वरी स्कूलले बुधबार ६ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न


शिव भट्टराई सुनसरी फागुन १५ गते । रातो तारा डट कम,
इटहरी÷इटहरी–४ मा सञ्चालित सिटी मन्टेश्वरी स्कूलले बुधबार ६ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित मनाएको छ । कार्यक्रमको अवसरमा इटहरीका शिक्षासेवी एवम् समाजसेवी प्रेमप्रसाद न्यौपानेलाई सम्मान गरिएको छ ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरे ।

सो कार्यक्रममा मन्टेश्वरीको बार्षिक प्रतिवेदन शिक्षिका निर्मला घिमिरेले प्रस्तुत गरिन् । उनले अभिभावकहरुबाट सुझाव,  सल्लाह र सयोगको अपेक्षा गरेको बताइन् ।

बार्षिक उत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिदै इटहरीका मेयर द्वारिकलाल चौधरीले बालबालिकामा शिक्षाको आधार तयार गर्न मन्टेश्वरी स्कूलको भूमिका महत्वपूर्ण हुने बताए । साथै उनले इटहरी क्षेत्रका शैक्षिक धरोहरका रुपमा स्थापित व्यक्तित्व प्रेमप्रसाद न्यौपानेलाई सम्मान गर्न पाउदा आफूलाई गौरव महसुस भएको बताए ।

सो अवसरमा इटहरी उपमहानगरपालिका वडा नम्बर–४ का अध्यक्ष चन्द्र भट्टराई, नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा सभापति विमल पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थीहरुले समूह–समूहमा राष्ट्रिय गित, बालगित गाउनुका साथै नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सभापतित्व मन्टेश्वरीका अध्यक्ष लेखनाथ घिमिरेले गरेका थिए भने  कार्यक्रमको सञ्चालन संजिव घिमिरेले गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.