Websoft University

नेपालमा आज कोरोना सङ्क्रमितको संख्या ३९ हजार ४ सय ६० पुगे


काठमाण्डौ भाद्र १५ गते । रातो तारा डट कम,पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् ।

मन्त्रालयको नियमित जानकारीका क्रममा आज प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको बताउनुभयो । काठमाडौं उपत्यकामा २९८ जना कोरोना सङ्क्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय ८८ जना डिस्चार्ज भएका छन् । 

यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना सङ्क्रमित १७ हजार ८ सय २२ जना छन् भने ७ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.