Websoft University

रसुवागढी नाका खुल्यो


काठमाण्डौ भाद्र १३ गते । रातो तारा डट कम,नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका दुई सातापछि सञ्चालनमा आएको छ । चीनको केरुङ नजिकै पहिरो गएर बाटो अवरुद्ध हुँदा नाका बन्द भएको थियो । 

काठमाडांदेखि एकसय ५२ किलोमिटर उत्तर भाटेकोशी नदी किनारामा रहेको रसुवागढी–केरुङ सडक खण्ड अन्तर्गत ठोङ्सा मुनि रहेको घुम्तीमा पहिरो गएपछि गत साउन ३२ गतेदेखि नाकामा आयात रोकिएकोथियो । पहिरो पन्छाउने काम सकिएसँगै हिजोबाट नाका सञ्चालनमा आएको हो । 

रसुवागढी नाका सञ्चालनमा आएको भएपनि विश्वव्यापी फैलिएको नोवेल कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएको छ । कोरोना सङ्क्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएका छन् । चिनियाँ पक्षले नेपालको खुला स्थानमा सामग्री ल्याएर झारिदिने बताए पनि हिजो मितेरी पुलको बीचमै झारेका थिए ।

नेपालतर्फको खुला स्थानमा सामग्री झार्नका लागि चिनियाँ टोली सहमत भइसकेको छ । मितेरी पुलमा सामग्री झार्दा नेपाली पक्षलाई सामग्री लोड गरेर ल्याउन समस्या हुँदै आएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.